काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक आज पनि बस्दै छ । बैठकमा सरकारमा सहभागी हुने/नहुने भन्नेबारेमा छलफल हुनेछ ।
पोलिटब्युरो सदस्यहरूले सुझाव दिने क्रम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।
पार्टीका शीर्ष नेताले वतर्मान सरकारमा सहभागिताका लागि औपचारिक रूपमा प्रस्ताव नआएको बताएका छन् । प्रस्ताव नआई सरकारलाई समर्थन गर्न नसकिने उनीहरूको भनाइ छ ।



















प्रतिक्रिया