१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

यातायात मजदुर तथा कर्मचारीलाई अनिवार्य २ लाखको कोरोना विमा गर्न माग



बुटवल । नेपाल यातायात मजदुर संघ रुपन्देहीले कोरोनाको महामारीमा उच्च जोखिम मोलेर अत्यावश्यक सेवा संचालन गरेका सम्पूर्ण यातायात मजदुर तथा कर्मचारीलाई अनिवार्य रुपमा २ लाखको कोरोना विमा गरिदिन सरोकारवाला निकायसंग माग गरेकोे छ ।

नेपाल यातायात मजदुर संघ रुपन्देहीका अध्यक्ष नर बहादुर रजालीद्धारा जारी विज्ञप्ति मार्फत यातायात सम्वद्ध संघ संस्था वा कम्पनीहरुले लकडाउन अवधीभरको यातायात मजदुर तथा कर्मचारीले पाउने पारिश्रमिक तत्काल उपलव्ध गराउन माग छन् ।
त्यस्तै यातायात मजदुर तथा कर्मचारीलाई लकडाउनको नाममा अवकास दिने, वेतलवी बिदामा बस्न लगाउने, स्वयमसेवकको रुपमा काम लगाउने जस्ता काम नर्गन र गरेको भए पनि त्यस्ता कार्य तत्काल बन्द गर्न समेत बिज्ञप्ति मार्फत माग गरिएको छ । विज्ञप्तिमा यातायात मजदुर तथा कर्मचारीहरुलाई प्रयाप्त मात्रामा गुणस्तरिय स्वास्थ्य सुरक्षा सामाग्री मास्क, सेनिटाईजर पंजा उपलव्ध गराउन भनिएको छ ।

त्यस्तै सम्पूर्ण यातायात मजदुर तथा कर्मचारीहरुको अनिवार्य रुपमा कोभिड १९ को निशुल्क परिक्षणको व्यवस्था गर्नु पर्ने माग पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

सामान ढुवानी र एम्बुलेन्स चालकहरु अग्र पक्तिमा रहेर काम गरिरहेका र संकटको समयमा पनि जोखिमपूर्ण काम गदै आएकाहरुलाई स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरु अपर्याप्त रहेकाले ति सामाग्रीको अभाव हुन नदिन सम्बन्धित पक्षको ध्यानाकर्षण गराईएको छ ।
यातायात मजदुरहरुलाई सुरक्षा ब्यवस्था बिना काममा लगाईंदा सुदुर पश्चिममा १ जनामा संक्रमण पुष्टि भईसकेको छ । सिमाबाट उद्दार गरिएका नेपालीलाई स्थानीय पालिकाको क्वारेन्टाइनसम्म पु¥याउन स्थानीय प्रशासनले सार्वजानिक यातायात प्रयोग गरेपनि यातायात मजदुरहरुलाई स्वास्थ्य सुरक्षाको ब्यवस्था भने गरेको छैन ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ९ : १३ बजे

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने