७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवल उपमहानगरको नगरसभामा ‘मनपरेका’ पत्रकारलाई मात्र प्रवेश अनुमति, तोकिएका बाहेकका पत्रकारलाई प्रवेश निषेध



बुटवल । बुटवल उपमहानगरपालिकाको नगरसभामा सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई सेण्डिकेट कायम गरिएपछि केहि पत्रकारहरु नगरसभाको उदघाटन सत्रमा प्रवेश नै नगरी बाहिरिएका छन् ।

नगरसभाहल बाहिर तैनाथ नगर प्रहरीले तोकिएका पत्रकार र सञ्चार संस्थालाई बाहेक अन्यलाई प्रवेश अनुमति नभएको जनाएपछि पत्रकारहरु कार्यक्रम स्थलबाट बाहिरिएका हुन् ।

उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले नियुक्त गरेका प्रेस संयोजकले मनपरेका आफु निकट पत्रकारहरुको लिष्ट बनाएर सुरक्षाकर्मीलाई दिएको र त्यस बाहेकका पत्रकारलाई प्रवेश निषेधको आदेश दिन लगाएको उपमहानगर स्रोतले जनाएको छ ।

सामाजिक संजालमा नगरसभाको सार्वजनिक निम्तो पोष्ट गरेपछि नगरसभाको समाचार संप्रेसण गर्न सभास्थल पुगेका पत्रकारहरुलाई सुरक्षाकर्मीले लिष्टमा नाम छैन भन्दै गेटबाटै फर्काइरहेका छन् ।

लिष्टमा नाम छैन भन्दै सभाहलको गेटबाटै छिर्न नदिएपछि आफ्नो मिडियाको नाम भएपनि पत्रकारको अपमान भएको ठानेर कार्यक्रममा नबसेको सभाहलबाट निस्कंदै गरेका पत्रकार डिबी सुस्लिङले बताए ।

नगरसभामा छानिएका पत्रकार बाहेकलाई पस्न नदिने कार्य आफुले पहिलोपटक देखेको पत्रकार भगवती पाण्डेले भनिन् । ‘उपमहानगरले पत्रकारलाई पनि सेण्डिकेट लगायो,’ उनले भनिन् ।

उपमहानगर प्रशासनले बनाएको लिष्ट लिएर सभाहलको ढोकामा तैनाथ नगर प्रहरीले पत्रकारलाई लिष्ट समेत हेर्न दिएनन् । लिष्ट हेर्न माग्दा उनीहरुले देखाउने अनुमति नभएको बताए ।

पत्रकारलाई प्रवेश निषेध गरिएको विषयमा जिज्ञासा राख्न मोबाइलमा फोन गर्दा उपमहानगर प्रमुख पाण्डेले मोबाईल उठाएनन् ।

नगर कार्यपालिकाको अघिल्लो बिहीबार बसेको बैठकले भोलि बिहीबार नगरसभाको १२ औं अधिवेशन आजका लागि डाक्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ४ : ०४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज