१० भदौ २०८३, बुधबार | August 26, 2026

गण्डकी प्रदेशमा २१ नयाँ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २४७ पुग्यो



पोखरा । गण्डकी प्रदेश अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र पर्वत जिल्लामा गरी बुधबार २१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन । योसँगै प्रदेशमा कुल संक्रमित संख्या २ सय ४७ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान विज्ञप्ति प्रकाशित गरी सोको पुष्टि गरेको हो । उनीहरु सबै जना भारतबाट फर्केर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा बस्दैआएका थिए । स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १८ जना पुरुष र पर्वतका ३ जना छन ।

पर्वतमा भेटिएकामध्ये फलेबास नगरपालिकाकी ४६ वर्षीया महिला हुन । फलेबासकै वर्ष १९ र २१ का पुरुषमा कोरोना पुष्टि भएको हो । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाका १४ जनामध्ये वर्ष १८ र २० का ३/३ जना, वर्ष १९ र २४ का २/२ जना छन् । त्यस्तै वर्ष २१, २३, ३५ र ३६ का पुरुष छन ।

यसैगरी, सोही जिल्लाकै मध्यबिन्दु नगरपालिकाका वर्ष १६ र ३० का, कावासोती नगरपालिकाका वर्ष ३७ का तथा पालिका नखुलेको वर्ष २७ का पुरुष छन् । संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गण्डकी प्रदेशमा मंगलबारमात्र १८ जना कोरोना संक्रमित फेला परेका थिए ।

गण्डकीका ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेकका जिल्लामा कोरोना फैलिएको छ । कुल संक्रमितमध्ये हालसम्म २१ जना निको भइ घर फर्केका छन् । १ जनाको मृत्यु भएको हो । प्रदेश राजधानी पोखरामा कोरोना परीक्षण हुँदैआएको छ ।

यहाँ हालसम्म झण्डै ९ हजार जनाको नमुना संकलन भएकोमा २५ सय जनाको नमुना आउनै बाँकी छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ९ : २७ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत

टप एण्ड टी-२० सिरिज : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’