४ चैत्र २०८२, बुधबार | March 18, 2026

मन्जुश्री सहकारीमा नयाँ नेतृत्व



बुटवल । भैरहवामा केन्द्रीय कार्यालय सहित बुटवल, कपिलवस्तु जिल्लाको जितपुर र चन्द्रौटामा सेवा शाखा कार्यालय रहेको मन्जुश्री बहुउदेश्यीय सहकारी संस्था दोस्रो बार्षिक साधारणसभाबाट खिमराज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।

नयाँ गठन भएको सञ्चालक समितिको उपाध्यक्षमा कल्पना अधिकारी सचिवमा भेषराज वस्ती र कोषाध्यक्षमा युवराज पन्थी चयन भएका छन् । यस्तै सदस्यहरुमा प्रीती शर्मा र मोह्मद रहिस मियाँ र मन्जु बस्याल चयन भएका छन् ।
यस्तै कृष्ण घिमिरेको संयोजकत्वमा गठन भएको लेखा समिति सदस्यमा यमलाल पाण्डे र रन्जना खड्का घिमिरे चयन भएका छन् ।

साधारण सभामा बोल्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका कानून सचिव राजेन्द्र थापाले सहकारीका विचमा सदस्यता शुद्धिकरण जरुरी रहेको बताए । उनले विभिन्न सहकारीको कारण अहिले सिंगो सहकारी नै बदनाम हुने अवस्था आएको भन्दै यो सहकारीले आर्थिक सुसासनको अधिकतम प्रयोग गर्ने अपेक्षा व्यक्त गरे ।

सहकारी सुरुवात गरेको पहिलो बर्षमा नै सहकारीले गरेको कार्य राम्रो रहे्को भन्दै उनले सहकारीको मुख्य विम्बको रुपमा रहेको साधारणसभाले विशेष छलफल तथा महत्वपुर्ण निर्णय गर्ने बताएका थिए ।

राष्ट्रिय सहकारी बैंक भैरहवाका शाखा प्रमुख आलोक सिवाकोटीले सहकारीले गर्ने आधारभूत सर्वमान्य सिद्धान्तलाई जहिले पनि पूर्णरुपमा पालन गर्नुपर्ने बताएका थिए । उनले सहकारीको सिद्दान्तको पूर्ण पालना गर्दै मुल्य र मान्यताको आत्मसाथ गर्दै जानुको विकल्प नभएको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बुटवलका केवी उप्रेती, सामाजिक महिला सगरमाथा सप्लायर्सका केशव भण्डारी, हिालय एभरेष्ट ईन्स्योरेन्सका कृष्ण घिमिरे, लुम्बिनी जव लिंकका सञ्चालक रामचन्द्र अर्याल, लगायतले आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा उत्कृष्ठ शेयर सदस्य, ऋणी तथा बचतकर्ताहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ५ : ३६ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई रविको निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।