काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक सुरु हुने प्रतिनिधिसभाका सदस्य एवं पार्टीका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिए । चुनावपछिको पहिलो बैठक भएकाले चुनावको समीक्षा पनि हुने उनले बताए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने लगायत पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने तयारी छ ।
सरकारको न्युनतम साझा कार्यक्रम हेरेर सरकारलाई समर्थन गर्ने कि विपक्षमा बस्ने भन्ने निर्णय गर्ने लोसपाको तयारी छ ।



















प्रतिक्रिया