९ पुस २०८२, बुधबार | December 24, 2025

तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा तथा दोस्रो अधिवेशनको प्रथम बैठक सम्पन्न



तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा, दोस्रो अधिबेशनको प्रथम बैठक नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न नगरसभाले , नगर उपप्रमुख जगेश्वरदेवि चौधरीबाट प्रस्तुत गरिएको विभिन्न प्रस्तावमा निर्णय गरेको हो ।

गएको आर्थिक ऎनको संशोधन, बजेट योजना तथा कार्यक्रम म्याद थप, एकीकृत सम्पत्ति, घर, जग्गा, बहाल करको दायरा व्यवसायिक कर तथा हालसम्म न्यायिक समितीको प्रतिबेदन लगायतका निर्णयहरु भएका छन् ।

नगरसभाले तिलोत्तमा नगरपालिकाको आर्थिक ऐनको संशोधन र बजेट योजना तथा कार्यक्रम म्याद थप,बेरुजु अनुमोदन तथा एकीकृत सम्पत्ति, घर, जग्गा, बहाल करको दायरा ब्यबसायिक कर तथा हालसम्म न्यायिक समितीको प्रतिवेदन लगायतका निर्णय सर्व सहमतिमा पारित गरेको छ ।

नगरसभामा आएका जिज्ञासा तथा प्रश्नहरुको जवाफ तथा सहजीकरण उपप्रमुख जगेश्वरदेवि चौधरी र नगरप्रमुख रामकृष्ण खाणले गरेका थिए । नगरसभाले गरेको विभिन्न निर्णयको बारेमा रहेका जिज्ञासा र सुझाव सहित कार्यपालिका सदस्य ,नगरसभाका सदस्यहरुले राखेको भनाई र नगरको प्रसासनिक नीतिको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले आवश्यक सहजीकरण गरेका थिए । नगरसभामा सबै वार्ड अध्यक्ष एबम कार्यपालिका सदस्य, नगरासभा सदस्य तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य, प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख माधव पोखरेल, लेखा प्रमुख रमेश बश्याल, सूचना प्रविधि प्रमुख ई सुदिप ढकाल लगायत बिषयगत कर्मचारीहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : ४४ बजे

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

मुस्ताङ । नेपाल-चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड

सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),

निर्वाचन ७१ दिन बाँकी : चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर