१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

संसद् अधिवेशन आजदेखि : पार्टीहरुका शीर्ष नेताले बोल्ने, विद्युतीय हाजिरी गराइने



काठमाडौं । सोमबार संघीय संसद्‌का दुवै सदनको अधिवेशन सुरु हुँदैछ । नवगठित प्रतिनिधिसभा र अविच्छिन्न संस्थाको रुपमा रहेको राष्ट्रियसभाको बैठक दिउँसो १ बजे सुरु हुन लागेको हो ।

प्रतिनिधि सभाको पहिलो बैठकमा सबै दलका शीर्ष नेताहरुले बोल्ने कार्यसूची तय गरिएको छ । निर्वाचनको मत परिणाम घोषणा भएको तीस दिनभित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्ने व्यवस्था अनुसार राष्ट्रपतिले गत पुस १२ गते नै पुस २५ गतेका लागि अधिवेशन आह्वान गरेकी थिइन् ।

त्यस्तै, संघीय संसद् सचिवालयले सांसदहरुलाई विद्युतीय हाजिरी गराउने व्यवस्था सुरु गर्न लागेको छ । सोमबारबाट परीक्षणका लागि राष्ट्रिय सभामा सुरु हुने र परीक्षणपछि दुवै सदनमा त्यसलाई लागू गर्ने योजना तय गरिएको पनि संघीय संसद्‌ सचिवालयले जनाएको छ ।

प्रचलन अनुसार संसद्को अधिवेशनको पहिलो बैठकमा राष्ट्रपति कार्यालयको पत्र वाचन गरिने छ । त्यसै अनुसार, प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनका जानकारी पनि सांसदहरुलाई दिइनेछ । शोकप्रस्ताव पनि कार्यसूचीमा छ ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मतबारे पनि जानकारी दिइनेछ ।

बैठकको सञ्चालन ज्येष्ठ सदस्यका रुपमा राप्रपा सांसद पशुपति शमशेर जबराले गर्नेछन् । प्रतिनिधि सभाको बैठक प्रतिनिधि सभा नियमावली-२०७५ अनुसार नै सञ्चालन हुने बताइएको छ ।

 

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : ०३ बजे

क्यान्सर अस्पतालमा औषधि अभाव

चितवन । क्यान्सरको उपचार गर्ने नेपालकै ठूलो बिपी कोइराला मेमोरियल

६० वर्ष भन्दा पुरानो पुलबाट मुक्ति पाउँदै बाँके-बर्दियाका यात्रुहरु

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गतको नेपालगन्ज-गुलरिया सडकको खजुरा खण्डमा रहेको

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

दमौली । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका