२० मंसिर २०८२, शनिबार | December 6, 2025

काँग्रेस पदाधिकारीको अडान : विदेशी बुहारीलाई बिहे लगत्तै नागरिकता दिनुपर्छ



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विदेशी बुहारीलाई नेपालीसँग बिहे भए लगत्तै अंगीकृत नागरिकता दिनुपर्ने अडान पुनः राखेको छ ।

बिदेशी बुहारीलाई नागरिकता दिन सहज बनेको अन्तरिम संविधान २०६३ कै प्रावधानलाई कायमै राख्नुपर्ने अडानमा काँग्रेस उभिएको हो । बुधबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले संसदमा अहिलेकै कानुनमा उभिने निर्णय गरेको छ ।

एकवर्षदेखि विवादित बनिरहेको नागरिकता विधेयकमाथि संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा मंगलबारबाट पुनः छलफल सुरु भएको छ । छलफलमा आफ्नो अडान कायम राख्ने निर्णय काँग्रेसले गरेको हो ।

विधेयकमा विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव राखिएको छ । बिहेपछिको सातवर्षसम्म भने आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने सकिने प्रस्तावमा उल्लेख गरिएको छ ।

नेपाली नागरिकसँग बिहे गरेर आएपछि उसले चाहेमा अंगीकृत नागरिकता लिनसक्ने भनिएका कारण यति उति वर्ष भनेर कुनै सर्त राख्न नहुने काँग्रेसले तर्क राखेको छ ।

विधेयकलाई सत्तारुढ नेकपाको समर्थन रहेको छ । तर नेकपाकै कतिपय सांसदले भने नागरिकता प्राप्तिलाई अझ कडा बनाउनुपर्ने माग गरेका छन् । मंगलबारकै बैठकमा सांसद पम्फा भूषालले सरिता गिरीको उदाहरण दिँदै नागरिकता जस्तो संवेदनशील विषयमा हल्का नबन्न सचेत गराएकी थिइन ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ३ : ०२ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय