१० भदौ २०८३, बुधबार | August 26, 2026

काँग्रेस पदाधिकारीको अडान : विदेशी बुहारीलाई बिहे लगत्तै नागरिकता दिनुपर्छ



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विदेशी बुहारीलाई नेपालीसँग बिहे भए लगत्तै अंगीकृत नागरिकता दिनुपर्ने अडान पुनः राखेको छ ।

बिदेशी बुहारीलाई नागरिकता दिन सहज बनेको अन्तरिम संविधान २०६३ कै प्रावधानलाई कायमै राख्नुपर्ने अडानमा काँग्रेस उभिएको हो । बुधबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले संसदमा अहिलेकै कानुनमा उभिने निर्णय गरेको छ ।

एकवर्षदेखि विवादित बनिरहेको नागरिकता विधेयकमाथि संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा मंगलबारबाट पुनः छलफल सुरु भएको छ । छलफलमा आफ्नो अडान कायम राख्ने निर्णय काँग्रेसले गरेको हो ।

विधेयकमा विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव राखिएको छ । बिहेपछिको सातवर्षसम्म भने आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने सकिने प्रस्तावमा उल्लेख गरिएको छ ।

नेपाली नागरिकसँग बिहे गरेर आएपछि उसले चाहेमा अंगीकृत नागरिकता लिनसक्ने भनिएका कारण यति उति वर्ष भनेर कुनै सर्त राख्न नहुने काँग्रेसले तर्क राखेको छ ।

विधेयकलाई सत्तारुढ नेकपाको समर्थन रहेको छ । तर नेकपाकै कतिपय सांसदले भने नागरिकता प्राप्तिलाई अझ कडा बनाउनुपर्ने माग गरेका छन् । मंगलबारकै बैठकमा सांसद पम्फा भूषालले सरिता गिरीको उदाहरण दिँदै नागरिकता जस्तो संवेदनशील विषयमा हल्का नबन्न सचेत गराएकी थिइन ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ३ : ०२ बजे

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय