२० असार २०८३, शनिबार | July 5, 2026

लुम्बिनीमा १३ मन्त्रालयबाट घटाएर ११ मा झारिँदै



बुटवल । लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालयहरुलाई घटाउँदै ११ मनत्रालय बनाउने तयारी थालिएको छ । सरकार गठनका लागि दाबी पेश गर्न बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालयको संख्या घटाउने सम्बन्धमा सैद्धान्तिक सहमति भएको हो ।

सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाएको एमाले र सत्तारुढ दलहरुबीच मन्त्रालयलाई ११ वटा बनाउने अनौपचारिक सहमति भएको बैठकमा सहभागी एक सांसदले बताए । ती सांसदका अनुसार यसअघि १३ मन्त्री र ४ राज्य मन्त्रीसहित १७ मन्त्री रहेको लुम्बिनीमा त्यसलाई घटाएर ११ वटा बनाइने भएको हो । एमाले संसदीयदलका नेता लिला गिरीले ९ वटा मन्त्रालय बनाउने प्रस्ताव गरेपनि सबैदलहरुलाई भाग पु¥याउनु पर्ने भएकाले ११ वटामा सहमति भएको स्रोतको दाबी छ ।

मुख्यमन्त्री नियुक्तिका लागि दाबी प्रस्तुत गर्ने निर्णयका लागि बसेको बैठकमा एमालेले मुख्यमन्त्रीसहित ३, माओवादीले २ र राप्रपा, नागरिक उन्मुक्ति, जसपालाई एक एक मन्त्रालय दिने प्रस्ताव गरिएपनि माओवादीलाई सभामुख,राप्रपालाई उपसभामुख दिने केन्द्रीय सहमति भइसकेको भन्दै नागरिक उन्मुक्तिले २ मन्त्रालय दाबी गरेपछि ११ वटा सम्म मन्त्रालय बनाउने सैद्धान्तिक सहमति भएको बताइएको छ ।

 

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ८ : ४२ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी