३ भदौ २०८३, बुधबार | August 19, 2026

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय



काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले सरकारलाई विश्वासको मत प्रदान गरेर समर्थन गर्ने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसअघि पार्टीको पोलिटब्यूरो तथा पछिल्लो सचिवालय बैठकले सत्तापक्षीय सबै दलको समन्वयमा निर्माण भएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि त्यसको अध्ययनका आधारमा सरकारलाई समर्थन गर्ने विषयमा टुङ्गो लगाउने निर्णय गरेको थियो । सरकारको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक गरिएको थियो ।

सचिवालय बैठकको निर्णयपछि पार्टीको संसदीय दलको बैठक बस्ने नेता कृष्णकुमार श्रेष्ठले जानकारी दिए । एकीकृत समाजवादीका तर्फबाट प्रतिनिधिसभामा १० सदस्य छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।

 

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १२ : ५० बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने