२९ माघ २०८२, बिहिबार | February 13, 2026

लोकतन्त्रलाई प्रक्रियामात्र होइन व्यवहार बनाऔँ : सन्तोष परियार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले लोकतन्त्रलाई प्रक्रियामात्र नभएर व्यवहार पनि बनाउनुपर्ने वेला आएकाे बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले लोकतन्त्रलाई हालसम्म प्रक्रियामात्र बनाएको भन्दै अब व्यवहार पनि बनाउनुपर्ने जाेड दिए ।

उनले आफूहरू संसद र राजनीतिमा नयाँ पार्टीमात्र नभएर विचार र सिद्धान्त पनि बाेकेर आएकाे बताए । उनले भने, ‘शासन प्रणालीमा देखिएका खास जटिलता चिर्न सक्ने गरी हामी आएका हाैं । हामी सरकारमा जाने की नजाने भनेर मतान्तर भएकाे थियाे । तर, जनताले हामीलाई सरकारमा गएरै समाज सुधार गर्न मत दिएकाे ठहरसहित सरकारमा गयाैं ।’

देशका जनशक्तिलाई विदेशमा मजदुरीको रुपमा नभएर भ्रमणका लागि पर्यटक बनेर जान सक्ने बनाउनुपर्नेमा जोड दिएका उनले समाजमा नकारात्मक कुरामात्र भएकाले अब सम्भावनाको खोजी गर्नुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको प्रस्तावलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको सांसद परियारले जानकारी दिए ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  २ : ४६ बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक