६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

गुल्मीमा एक नाबालकसहित ५९ कोरोना संक्रमित



गुल्मी । गुल्मीमा एक वर्षका नाबालकसहित कोरोनाबाट सङ्क्रमित ५९ जना पुगेका छन् ।

कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमित हुने ६० पुग्न लागेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानीप्रसाद शर्माले जानकारी दिए ।

इस्मा गाउँपालिकामा भारतबाट आएका एक वर्षीयमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी गत २६ दिनदेखि आमासँगै स्थानीय सरस्वती आधारभूत विद्यालयमा क्वारेन्टिनमा बसिरहेका छन् । नाबालकमा कोरोना सङक्रमण पुष्टि भए पनि आमाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो । नाबालकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबाार आमाको समेत स्वाब निकालेर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइने इस्मा गाउँपालिका उपाध्यक्ष विमला खत्रीले बताए ।

गत दुई साताअघि भारतबाट आएका २८ वर्षीय पुरुषलाई पालिकाले स्थानीय क्वारेन्टिनमा राखेको थियो । उनको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रबहादुर थापाले जानकारी दिए ।

जिल्लामा भारतबाट आएका तीन हजार ९२१ व्यक्ति क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना सङ्क्रमणका कारण जिल्लामा दुई जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ६ : ४० बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको