८ पुस २०८२, मंगलबार | December 23, 2025

रुपन्देहीमा माघ ६ र ७ गते प्रथम इन्टर रोट्रयाक फुटसल प्रतियोगिता हुने



बुटवल । रुपन्देहीमा रोट्रयाक क्लब अफ सेन्ट्रल बुटवलको आयोजनामा प्रथम इन्टर रोट्रयाक फुटसल प्रतियोगिता हुने भएको छ । तिलोत्तमा स्थित सनराइज फुटसल भलवारीमा माघ ६ र ७ गते प्रतियोगिता हुने भएको क्लबका अध्यक्ष आशिष पाठकले जानकारी दिए ।

प्रतियोगिता बारे जानकारी गराउन तिलोत्तमामा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता बारे जानकारी गराइएको हो । २ दर्जन बढी समूहको सहभागिता रहने अपेक्षा गरिएको प्रतियोगितामा प्रथम हुनेले ३३ हजार ३३३ र द्वितीय हुने समूहले १५ हजार ५५५ नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक सोरभ तिवारीले जानकारी दिए । प्रतियोगितामा सहभागिताका लागि ३ हजार ५ सय रुपैया शुल्क राखिएको उनले बताए ।

क्लबहरु बीच हुने मैत्रीपूर्ण प्रतियोगितामा विधागत तर्फ वेस्ट प्लेयर, वेस्ट स्कोरर र वेस्ट किप्परलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका संस्थापक अध्यक्ष सुमन बस्यालले जानकारी दिए । प्रतियोगितालाई एसक्यूएम क्वालिटीले मुख्य प्रायोजन गरेको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ६ : १६ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत