३० भदौ २०८३, मंगलबार | September 15, 2026

रुपन्देहीमा माघ ६ र ७ गते प्रथम इन्टर रोट्रयाक फुटसल प्रतियोगिता हुने



बुटवल । रुपन्देहीमा रोट्रयाक क्लब अफ सेन्ट्रल बुटवलको आयोजनामा प्रथम इन्टर रोट्रयाक फुटसल प्रतियोगिता हुने भएको छ । तिलोत्तमा स्थित सनराइज फुटसल भलवारीमा माघ ६ र ७ गते प्रतियोगिता हुने भएको क्लबका अध्यक्ष आशिष पाठकले जानकारी दिए ।

प्रतियोगिता बारे जानकारी गराउन तिलोत्तमामा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता बारे जानकारी गराइएको हो । २ दर्जन बढी समूहको सहभागिता रहने अपेक्षा गरिएको प्रतियोगितामा प्रथम हुनेले ३३ हजार ३३३ र द्वितीय हुने समूहले १५ हजार ५५५ नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक सोरभ तिवारीले जानकारी दिए । प्रतियोगितामा सहभागिताका लागि ३ हजार ५ सय रुपैया शुल्क राखिएको उनले बताए ।

क्लबहरु बीच हुने मैत्रीपूर्ण प्रतियोगितामा विधागत तर्फ वेस्ट प्लेयर, वेस्ट स्कोरर र वेस्ट किप्परलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका संस्थापक अध्यक्ष सुमन बस्यालले जानकारी दिए । प्रतियोगितालाई एसक्यूएम क्वालिटीले मुख्य प्रायोजन गरेको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ६ : १६ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज