३ भदौ २०८३, बुधबार | August 20, 2026

बागमतीको सभामुखमा कांग्रेसका शिवराज अधिकारी प्रतिस्पर्धामा



काठमाडौं। नेपाली कांग्रेसले बागमती प्रदेश सभाको सभामुखका लागि धादिङका शिवराज अधिकारीलाई उम्मेदवार बनाउनेभएको छ ।

धादिङ क्षेत्र नं २ (१) बाट समानुपातिकमा निर्वाचित अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको हो ।

सत्ता गठबन्धनको तर्फबाट भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भुवन पाठक उम्मेदवार बन्दैछन् ।

भोलि शुक्रबार हुने निर्वाचनमा अब अधिकारी र पाठकबीच प्रतिस्पर्धा हुने भएको छ । तर, केन्द्रमा सत्ता साझेदार दलहरुको सहमतिअनुसार प्रदेशमा पनि भागवण्डा भएकाकारण पाठक नै विजयी बन्नसक्ने देखिएको छ । उनीहरुसँग ७० जना सांसद रहेका छन् । नेपाली कांग्रेसका ३७ जना सांसद रहेका छन् । कुनै गठबन्धनमा नरहेको नेपाल मजदुर किसान पार्टीका ३ जना सांसद रहेका छन् ।

सभामुख निर्वाचनका लागि आज बिहान १०३० बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका रहेको छ । दिउँसो २३०देखि ३३०सम्म मनोनयन फिर्ताको समय तोकिएको छ । यस्तै, अपरान्ह ४ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।

 

 

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ९ : २६ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने