२१ मंसिर २०८२, आइतबार | December 8, 2025

लुम्बिनीमा मन्त्रिमण्डल भागवण्डामा कुरा मिलेन, दाबी गरेको मन्त्रालय नपाए सपथ नखाने माओवादीको अडान



बुटवल । लुम्बिनी प्रदेशमा आज मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने भनिएपनि मन्त्रिमण्डलको भागवण्डा नमिलेपछि मुख्यमन्त्री लिला गिरीको मात्र सपथ हुन सक्ने अवस्था देखिएको छ । मुख्यमन्त्री एमालेले पाएपछि अर्थ र शहरी विकास मन्त्रालय माओवादी गरेकोमा एमालेले दिन आनाकानी गरेपछि माओवादीबाट मन्त्रिमण्डलमा प्रस्तावित गरिएका नेताहरुले सपथ बहिस्कार गर्ने तयारी गरेको माओवादी स्रोतले दाबी गरेको छ ।

माओवादीको बटम लाईनमा अर्थ र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय रहेकोमा एमालेले ती मन्त्रालयहरु दिन आनाकानी गरेपछि सपथमा सहभागी नहुने तयारी गरिएको स्रोतको दाबी छ ।

प्रदेश प्रमुखको कार्यालयले बुटवलमा मुख्यमन्त्रीको नियुक्ति गरेर देउखुरीमा सपथ गराउने तयारी गरेपनि माओवादी नेताहरु दाबी गरिएको मन्त्रालय नपाए सपथमा नजाने अडानमा रहेका छन् । लुम्बिनी प्रदेश सभा परिसर राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजे पद तथा गोपनीयताको सपथ ग्रहण समारोह राखिएको छ । मुख्यमन्त्रीले आजै कम्तीमा ३ सदस्सीय मन्त्रिमण्डल गठन गरि सपथ लिने तयारी गरेका छन् ।

एमाले, माओवादीको सहभागितामा सानो आकारमा मन्त्रिपरिषद् बनाउने तयारी गरेको नव नियुक्त मुख्यमन्त्री लिला गिरीले बताए । बाँकी दलहरुको लागी भने सत्ता गठबन्धनभित्र छलफल चलिरहेको गिरिले बताए ।

बुधबार हुने सपथ ग्रहणमा एमालेका दलनेता नवनियुक्त मुख्यमन्त्री लिला गिरी सहित उपनेता चेतनारायण आचार्य र माओवादीबाट दलकानेता जोखबहादुर महरालाई सपथ गराउने तयारी भएको थियो । एमाले भित्र पनि मन्त्रालयको कुरा नमिलेपछि शुरुमा मुख्यमन्त्री सहित २ जना विनाबिभागिय मन्त्री नियुक्त गरि ३ सदस्सीय मन्त्रिमण्डल बनाउने तयारी भएको एमाले स्रोतको दाबी छ । एमालेभित्र पनि सहरी विकास मन्त्रालयमा चेतनारायण आचार्य र भुमिश्वर ढकालको दाबी रहेपछि विनाविभागिय मन्त्री बनाउने तयारी भएको स्रोतले बतायो । राजधानी व्यवस्थापनमा सहरी विकास मन्त्रालयमा बढी बजेट रहने भएकाले माओवादी र एमालेको आँखा सो मन्त्रालयमा गएको हो । माओवादीले सहरीमा ईन्द्रजीत थारुलाई पठाउने तयारी गरेको छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले पनि मुख्यमन्त्रीको दाबी गरेका थिए । दाबी अनुसारको पहिलो नेतृत्व नपाए पछि महरा लुम्बिनी सरकारलाई समर्थन नगर्ने जनाए पछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड बीच बिशेष सहमति भएको बताइएको छ । सहमति अनुसार पहिलो नेतृत्व अढाई बर्ष एमाले र दोस्रो नेतृत्व अढाई बर्ष माओवादीले आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमती भएको भनिएपछि मुख्यमन्त्री गिरीले भने सो सहमति भएको कुरालाई अस्विकार गरिसकेका छन् ।

मुख्यमन्त्री र सभामुखमा केन्द्रीय निर्णयलाई समर्थन जनाए पनि मुख्यमन्त्रीमा एमालेले पहिलो नेतृत्व लिएपछि माओवादीले अर्थ मन्त्रालय र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय पाउनु पर्ने दावी गरेका छन ।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले भने सपथमा माओवादीको सहभागिता रहने बताए । खबरकुरासँग कुरा गर्दै अध्यक्ष बरालले अर्थ र सहरीमा दाबी भएको कुरा सत्य भएको बताउँदै आज विना विभागिय मन्त्रीकारुपमा एकजना नेताले सपथ लिने जानकारी दिए । ‘कस्लाई पठाउने भन्ने विषयमा छलफल जारी छ, तर एमजना माओवादीबाट सपथ लिन जानुहुन्छ ।’ उनले भने ।

माओवादीका निवर्तमान मन्त्री तथा प्रदेशसभा सदस्य इन्द्रजित थारुले शक्ति सन्तुलन र सम्मानजनक भागवण्डा नभए माओवादीले सरकार गठनमा समर्थन गरेपनि सपथ ग्रहणमा सहभागी नहुने बताए । उनले मुख्यमन्त्री र सभामुखमा केन्द्रको निर्णय अनुसार भएपछि मन्त्रालय बाँडाफाँटमा एमालेले सहझदारी गर्नु पर्ने बताउँदै पेल्न खोजिए सपथमा नजाने जनाए । ‘शक्ति सन्तुलनका आधारमा सम्मानजनक स्थान नदिएर पेल्न खोजिए माओवादी सपथ खान जान सक्दैन ।’ उनले भने ।

अर्थ मन्त्रालयमा जोख बहादुर महरा र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयमा ईन्द्रजीत थारु र बाँकि एक मन्त्रालयमा बाँकेकी कृष्णा केसी नमुनाले दाबि गरेका छन । यी २ मन्त्रालय र अन्य १ गरी तिन मन्त्रालय टुङ्गो नलाग्दा सम्म माओवादीले सपथ ग्रहण नगर्ने गरि वार्ता गर्न माओवादी नेताहरुलाई सांसदहरुले दवाव दिएको स्रोतको दाबी छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ११ : ०० बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब