१७ बैशाख २०८१, सोमबार | April 29, 2024

एनआरएनए चीनले ज्येष्ठ नागरिकलाई न्यानाे कपडा वितरण



ललितपुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले खोकना आरोग्य आश्रमका ज्येष्ठ नागरिक र तिनका कुरुवालाई न्यानो कपडा वितरण गरेको छ।

दक्षिणकाली २ खोकानामा रहेको नेपाल कुष्ठरोग निवारण संघबाट सञ्चालित खोकना आरोग्य आश्रममा उपाचारत दुई सय २५ जना ज्येष्ठ नागरिक कुष्ठरोगी विरामी र तिनका कुरुवालाई न्यानो कपडा वितरण गरेको हो।

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै एनआरएनए चीनका उपाध्यक्ष निर्मल चौलागाईंले एनआरएनए चीनले नेपाल र नेपालीको लागि विपत्तिदेखि सामाजिक सेवा र जनसचेतना कार्यक्रम गर्दै आएको र त्यसलाई निरन्तर जारी राख्दै जाने बताए ।

एनआरएनए चीनले खोकना आरोग्य आश्रमका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण कार्यक्रममा उपाध्यक्ष निर्मल चौलागाईं, महासचिव यादव अर्याल, सह-कोषाध्यक्ष रवीन्द्र माली, युवा संयोजक सुवर्ण श्रेष्ठ (कार्यक्रम संयोजक) र कार्य समिति सदस्य तुलसी न्यौपाने,विजय पराजुली , युवराज थापा, दिपक अग्रवाललगायतका सहभागी थिए ।

नेपाली संघ चीनले ‘वान एनसीसी वान प्रोजेक्ट’अन्तर्गत ‘महिनावारी स्वच्छता सचेतना अभियान’ देशभरका विभिन्न स्थानका विद्यालयका विद्यार्थीहरुलाई महिनावारी सचेतना कार्यक्रम गरिरहेको छ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  १ : १७ बजे

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य