२१ भदौ २०८३, आइतबार | September 7, 2026

एनआरएनए चीनले ज्येष्ठ नागरिकलाई न्यानाे कपडा वितरण



ललितपुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले खोकना आरोग्य आश्रमका ज्येष्ठ नागरिक र तिनका कुरुवालाई न्यानो कपडा वितरण गरेको छ।

दक्षिणकाली २ खोकानामा रहेको नेपाल कुष्ठरोग निवारण संघबाट सञ्चालित खोकना आरोग्य आश्रममा उपाचारत दुई सय २५ जना ज्येष्ठ नागरिक कुष्ठरोगी विरामी र तिनका कुरुवालाई न्यानो कपडा वितरण गरेको हो।

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै एनआरएनए चीनका उपाध्यक्ष निर्मल चौलागाईंले एनआरएनए चीनले नेपाल र नेपालीको लागि विपत्तिदेखि सामाजिक सेवा र जनसचेतना कार्यक्रम गर्दै आएको र त्यसलाई निरन्तर जारी राख्दै जाने बताए ।

एनआरएनए चीनले खोकना आरोग्य आश्रमका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण कार्यक्रममा उपाध्यक्ष निर्मल चौलागाईं, महासचिव यादव अर्याल, सह-कोषाध्यक्ष रवीन्द्र माली, युवा संयोजक सुवर्ण श्रेष्ठ (कार्यक्रम संयोजक) र कार्य समिति सदस्य तुलसी न्यौपाने,विजय पराजुली , युवराज थापा, दिपक अग्रवाललगायतका सहभागी थिए ।

नेपाली संघ चीनले ‘वान एनसीसी वान प्रोजेक्ट’अन्तर्गत ‘महिनावारी स्वच्छता सचेतना अभियान’ देशभरका विभिन्न स्थानका विद्यालयका विद्यार्थीहरुलाई महिनावारी सचेतना कार्यक्रम गरिरहेको छ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  १ : १७ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त