१३ माघ २०८२, मंगलबार | January 27, 2026

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै



पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्ती खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज १ बजे विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिन उनले संसद सचिवालयलाई जानकारी गराइसकेका छन् । अधिकारी एमालेको २२, माओवादीको ८, राप्रपाको २ र स्वतन्त्र १ सहित ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले भने विश्वासको मत नदिने बताएका छन् । त्यसो हुँदा अधिकारीको पक्षमा ३१ सांसदले मत दिने छन् ।

एमालेकै १ सांसद जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गर्ने छन् । ६० सांसद रहेको यहाँ सरकार बनाउन कम्तिमा ३१ सांसदको समर्थन चाहिन्छ । अधिकारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि विश्वासको मत मागेका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिएसँगै सरकार विस्तार र मन्त्रीहरुको कार्यविभाजन तोक्ने तयारी गरेका छन् । उनले मुख्यमन्त्रीमा सपथ लिएकै दिन ३ मन्त्रीहरुले विना विभागीय सपथ लिएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : ५२ बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य