४ पुस २०८२, शुक्रबार | December 20, 2025

सिमाबाट क्वारेन्टाइन यात्री ओसार्ने बस चालकको कोरोना संक्रमणबाट मृत्यु



कैलाली । सिमाबाट क्यारेन्टाइनमा सवारी ओसार्ने क्रममा संक्रमित बनेका बस चालकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । शनिवार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ का ४६ वर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आईसीयूमा राखेर उपचार गरीरहेकोका उनको आज साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको हिजो रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो। हिजोदेखि नै उपचारका लागि काठमाडौँ लैजान एयर एम्बुलेन्सका लागि पहल भएपनि एयर एम्बुलेन्स नपाइए पछि धनगढीमै उपचार भैरहेको थियो ।

उनको ७ बजेर ५२ मिनेटमा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। शव परिवारको सहमतिमा नेपाली सेनाले व्यवस्थापन गर्ने श्रेष्ठले बताए।

उनी बस चालक तथा यातायात ब्यवसायी समेत रहेको खुलेको छ। उनी सार्वजनिक यातायातका सदस्य समेत हुन्।

यसअघि उनको नवजीवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो। योसंगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको सङख्या ४ पुगेको छ।

यसअघि कैलालीकी दुई महिला र बाजुराकी एक बालिकामा मृत्युपछि कोरोना पुष्टि भईसकेको छ। आजै लम्की चुहा नगरपालिका २ की एक महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कोरोना पोजिटिभ भेटिएको थियो ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  १० : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको