६ बैशाख २०८३, आइतबार | April 19, 2026

सिमाबाट क्वारेन्टाइन यात्री ओसार्ने बस चालकको कोरोना संक्रमणबाट मृत्यु



कैलाली । सिमाबाट क्यारेन्टाइनमा सवारी ओसार्ने क्रममा संक्रमित बनेका बस चालकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । शनिवार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ का ४६ वर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आईसीयूमा राखेर उपचार गरीरहेकोका उनको आज साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको हिजो रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो। हिजोदेखि नै उपचारका लागि काठमाडौँ लैजान एयर एम्बुलेन्सका लागि पहल भएपनि एयर एम्बुलेन्स नपाइए पछि धनगढीमै उपचार भैरहेको थियो ।

उनको ७ बजेर ५२ मिनेटमा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। शव परिवारको सहमतिमा नेपाली सेनाले व्यवस्थापन गर्ने श्रेष्ठले बताए।

उनी बस चालक तथा यातायात ब्यवसायी समेत रहेको खुलेको छ। उनी सार्वजनिक यातायातका सदस्य समेत हुन्।

यसअघि उनको नवजीवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो। योसंगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको सङख्या ४ पुगेको छ।

यसअघि कैलालीकी दुई महिला र बाजुराकी एक बालिकामा मृत्युपछि कोरोना पुष्टि भईसकेको छ। आजै लम्की चुहा नगरपालिका २ की एक महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कोरोना पोजिटिभ भेटिएको थियो ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  १० : १८ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

ललितपुर । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूको भेलाले

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा