२१ मंसिर २०८२, आइतबार | December 8, 2025

मुख्यमन्त्री गिरीले गरे संसद विघटनको प्रतिरक्षा



बुटवल । एमाले अध्यक्ष केपी ओलीले गरेको संसद विघटनको बिरोध गरेका दलहरुको समर्थनमा मुख्यमन्त्री बनेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले केपी ओलीले गरेको संसद विघटनको प्रतिरक्षा गरेका छन् । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटी बैठकलाई शनिबार दाङमा संवोधन गर्दै मुख्यमन्त्री गिरीले अध्यक्ष ओलीले संसद विघटन गरेर मुलुकलाई संकटमा जानबाट जोगाएको बताए ।

२०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री ओलीले सँसद विघटन नगरेको भए ओली सडकमा आउने अवस्था रहेको बताउँदै मुख्यमन्त्री गिरीले संसद विघटन गरेर ओलीले मुलुकलाई संकटमा जानबाट जोगाएको टिप्पणी गरे ।

उनले अध्यक्ष ओलीलाई मुलुकको सर्वाधिक लोकप्रिय नेता भएको पनि दाबी गरे । मुलुकको अहिलेको राजनीतिक नेतृत्वमा केपी ओली नै जनतामा सर्वाधिक लोकप्रिय नेता भएको उनले बताए ।

उनले देशको स्थायी राजधानी देउखुरीमा अब स्थायी संरचना निर्माणको कामलाई तीव्रता दिइने बताए।

समग्र प्रदेश सरकार सफल भयो भने सिंगो मुलुक नै सफल हुने र नागरिकको जीवनस्तर माथि उठ्ने भन्दै मुख्यमन्त्री गिरीले यसको लागि सन्चार जगतको सहयोग अपरिहार्य हुने धारणा राखे ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  १ : २२ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब