१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

मुख्यमन्त्री गिरीले गरे संसद विघटनको प्रतिरक्षा



बुटवल । एमाले अध्यक्ष केपी ओलीले गरेको संसद विघटनको बिरोध गरेका दलहरुको समर्थनमा मुख्यमन्त्री बनेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले केपी ओलीले गरेको संसद विघटनको प्रतिरक्षा गरेका छन् । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटी बैठकलाई शनिबार दाङमा संवोधन गर्दै मुख्यमन्त्री गिरीले अध्यक्ष ओलीले संसद विघटन गरेर मुलुकलाई संकटमा जानबाट जोगाएको बताए ।

२०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री ओलीले सँसद विघटन नगरेको भए ओली सडकमा आउने अवस्था रहेको बताउँदै मुख्यमन्त्री गिरीले संसद विघटन गरेर ओलीले मुलुकलाई संकटमा जानबाट जोगाएको टिप्पणी गरे ।

उनले अध्यक्ष ओलीलाई मुलुकको सर्वाधिक लोकप्रिय नेता भएको पनि दाबी गरे । मुलुकको अहिलेको राजनीतिक नेतृत्वमा केपी ओली नै जनतामा सर्वाधिक लोकप्रिय नेता भएको उनले बताए ।

उनले देशको स्थायी राजधानी देउखुरीमा अब स्थायी संरचना निर्माणको कामलाई तीव्रता दिइने बताए।

समग्र प्रदेश सरकार सफल भयो भने सिंगो मुलुक नै सफल हुने र नागरिकको जीवनस्तर माथि उठ्ने भन्दै मुख्यमन्त्री गिरीले यसको लागि सन्चार जगतको सहयोग अपरिहार्य हुने धारणा राखे ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  १ : २२ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू