४ पुस २०८२, शुक्रबार | December 19, 2025

हिमाली जिल्ला मुस्ताङमा पनि छिऱ्यो कोरोना भाइरस, गण्डकीमा बिहानै थपिए ४२ जना



पोखरा । अहिलेसम्म सुरक्षित रहेको गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मनाङको चामे गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै भाइरसको संक्रमणबाट जोगिएको हिमाली जिल्ला पनि प्रभावित बनेको हो । तर संक्रमित कर्मचारी मनाङको बासिन्दा नभएर कपिलवस्तु वाणगंगा–१४ का रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४२ जना संक्रमित थपिएका छन् ।

नवलपरासी सुस्ता पूर्वमा १८ जना, तनहुँमा १२, गोरखामा ११ जना कोरोना संक्रमित थपिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नवलपरासीको मध्यविन्दु नगरपालिकाका १७ जना र गैंडाकोट नगरपालिकाका एक जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

तनहुँको ऋषिङ गाउँपालिकाका ७, भानु नगरपालिकाका ४ र शुक्लागण्डकी नगरपालिकाका १ जनामा संक्रमण देखिएको छ ।

यसैगरी, गोरखाको पालुङटार नगरपालिकामा ७ जना र शहीद लखन गाउँपालिकाका ४ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अब, गण्डकी प्रदेशमा मुस्ताङबाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ६ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको