२० भदौ २०८३, शनिबार | September 5, 2026

चलचित्र पत्रकार संघ रुपन्देहीको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशन : अध्यक्षमा न्यौपाने



बुटवल । चलचित्र पत्रकार संघ रुपन्देहीको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशन मँगलबार नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले मोहन न्यौपानेको नेतृत्वमा आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन  गरेको छ ।

समितिको उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, सचिव बिकास गौतम, सहसचिव कल्पना डुम्रे, कोषाध्यक्ष राजिब भुसाल रहेका छन् । यसैगरी सदस्यहरुमा बिकास पराजुली, डि.बी. सुस्लिङ, रमेश पराजुली र सन्तकुमार श्रेष्ठ रहेको निर्वाचन मण्डलका संयोजक विश्वास ढकालले जानकारी दिए । निर्वाचन मण्डलको सदस्यहरुमा कपिल ज्ञवाली र कृष्ण भण्डारी रहेका थिए ।

सर्वसहमत अध्यक्षमा निर्वाचित भएसँगै अध्यक्ष न्यौपानेले संघलाई थप क्रियाशिल र आर्थिक रुपमा सबल बनाए अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । यसैगरी सदस्यहरुको वृद्धिलाई समेत प्राथमिकतामा राख्ने बताए ।

यसअघि उद्घाटन सत्रमा निवर्तमा अध्यक्ष सुमन श्रेष्ठले स्व. पत्रकार एन.बी. कंडेलको स्मृतिमा पुरस्कारको घोषणा गरेका छन् । चलचित्र पत्रकार संघ रुपन्देहीका सदस्य तथा ग्लोबल आवाज डटकमका सम्पादक कंडेलको सवारी दुर्घटनामा परी ज्यान गएको थियो । उनको स्मृतिमा उनले गरेका योगदानलाई कदर गर्दै हरेक वर्ष प्रदान गर्नेगरी स्व. एन. बी. कंडेल उत्कृष्ट चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने बताए । साधारण सभाका अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारिताको क्षेत्रमा मनोरञ्जन तथा चलचित्र पत्रकारिता क्षेत्र फरक र विशिष्ट बिटका रुपमा बिकास हुँदै गएको उल्लेख गरे । यसैगरी चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष कुबेर डंगोलले मोफसल र केन्द्र बीच परस्पर समन्वय नभएका गुनासाहरु आउने गरेको बताउँदै ती गुनासाहरुको समाधान गर्ने गरि अघि बढ्ने प्रतिवद्धता गरे । संघलाई थप सुधार र व्यवस्थित गर्नका लागि आवश्यक कार्यशाला तथा गतिविधि सञ्चालन गरिने बताए ।

कार्यक्रममा बोल्दै नेपाल चलचित्र संघका उप महासचिव ओम जैसी, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, प्रेस युनियन रुपन्देहीकी अध्यक्ष रेखा भुसाल, फोटो पत्रकार संघ रुपन्देहीका अध्यक्ष मनिष पन्थ, पत्रकार महासघ रुपन्देहीका उपाध्यक्ष बिस्वास ढकाल, चलचित्र पत्रकार संघ रुपन्देहीका सल्लाहकार टोपराज शर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १ : ५३ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २