६ श्रावण २०८३, बुधबार | July 22, 2026

लमजुङको सुन्तला बगैंचामा ‘ग्रिनिङ’ को प्रकोप



लमजुङ । लमजुङमा सुन्तला बगैँचामा ‘ग्रिनिङ’ रोगको प्रकोप देखिएको छ । बाली संरक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोग र कृषि ज्ञान केन्द्र लमजुङको समन्वयमा जिल्लाका विभिन्न १६ वटा सुन्तला बगैँचाका सुन्तलाको पात नमुना सङ्कलन गरी काठमाण्डौको प्रयोगशालामा पीसीआर परीक्षणका लागि पठाइएकोमा १३ वटा बगैँचाको रिपोर्ट नेगेटिभ आएको र तीन वटा बगैँचाको सुन्तलामा ग्रिनिङु रोगको समस्या पुष्टि भएको ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले बताए ।

उनका अनुसार बेसीसहर नगरपालिका १ उदीपुर, बेसीसहर नगरपालिका ११ चिती, मर्स्याङ्दी गाउँपालिका ९ लामागाउँ र सुन्दरबजार नगरपालिका १ कुन्छामा रहेको सुन्तला बगैँचाका नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो ।

परीक्षणका क्रममा बेसीसहर नगरपालिका ११ चितीका तीन वटा सुन्तला बगैँचामा ‘ग्रिनिङ’ रोगको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र लमजुङका बाली संरक्षण अधिकृत विजयराज पौडेलले बताए ।

सुन्तलामा ‘ग्रिनिङ’ समस्या देखिएमा उत्पादन घट्ने, फलको स्वाद अमिलो हुने, पात साँघुरो हुने, छिर्केमिर्के हुने, एउटै दानामा एक भाग हरियो र अर्को भाग पहेँलो देखिने, बोटहरू सुक्दै जाने उनको भनाई छ । यस समस्याले वरिपरि रहेका बगैँचामा पनि असर गर्न सक्ने भएकाले ‘ग्रिनिङ’ को समस्या देखिएका सुन्तलाका बोटहरू पूर्णरूपमा नष्ट गरी नयाँ सुन्तलाका बिरुवा लगाउन उनको सुझाव छ ।

अन्य किसानले पनि सुन्तला उत्पादन वृद्धिका लागि व्यवस्थापकीय पक्षमा विशेष ध्यान दिन कृषि ज्ञान केन्द्रले आग्रह गरेको छ । लमजुङमा सुन्तला उत्पादन बर्सेनि घट्दै गएको छ । विगतमा ठूलो मात्रामा सुन्तला अन्यत्र निर्यात गर्ने लमजुङमा अहिले सिजनमै सुन्तला अन्य जिल्लाबाट आयात हुँदै आएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ९ : २८ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न