२९ भदौ २०८३, सोमबार | September 14, 2026

बुद्धनगर खानेपानीले आयोजना गरेको रक्तदानमा ६७ प्वान्ट रगत संकलन



बुटवल । खानेपानी निर्माण तथा उपभोक्ता समिति बुटवल ११ बुद्धनगर नहरपुरले आयोजना गरेको रक्तदान कार्यक्रममा ६७ प्वाइन्ट रगत संकलन भएको छ ।

रगत अभावका कारण कुनै पनि नागरिकलाई उपचार अभाव नहोस् भन्ने उद्देश्यले यो संस्थाले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।

स्थानीय स्तरमा रक्तदानलाई हरेक व्यक्रिलाई नियमित बनाउनका लागि धेरै वर्ष पहिलेदेखि रक्तदान कार्यक्रमलाई संस्थाले नियमित गर्दै आएको संस्थाका अध्यक्ष आशिष सूर्यवंशीले बताए । बुधबारको रक्तदानमा पनि स्थानीय उपभोक्ताको सकृयतामा ६७ प्वाइन्ट रगत संकलन गर्न सकिएको र आगामी दिनमा यसलाई निरन्तरता दिँदै जाने उनले बताए ।

रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा बुद्धनगर नहरपुरमै आयोजना गरिएको सो कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता रहेको समितिले जनाएको छ ।

हरेक सामाजिक संघसंस्थाले आफ्नो नियमित कार्यक्रममा रक्तदानलाई जोड्नसके रगत अभावमा सर्वसाधारण दौडन नपर्ने र नियमित रक्तदानले हरेक व्यक्तिलाई स्वस्थ्य राख्नसक्ने स्वास्थ्यकर्मी मोहन घिमिरेले बताए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ४ : ५९ बजे

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी