१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

फेरि रिलिज हुँदै द कश्मीर फाइल्स



मुम्बई । सन् २०२२ मा सर्वाधिक चर्चा बटुल्न सफल फिल्म ‘द कश्मीर फाइल्स’ पुनः रिलिज हुने भएको छ । फिल्म शुक्रबारबाट रिलिज हुन लागेको हो ।

११ मार्च, २०२२ मा रिलिज यो फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो । व्यापारसँगै फिल्म सन् २०२२ को सर्वाधिक हिट फिल्मको सूचीमा परेको थियो ।

फिल्मका निर्देशक विवेक रन्जन अग्निहोत्रीले ट्वीटर हेण्डलमा फिल्मको रि–रिलिज गर्ने घोषणा गरेका छन् । ‘द कश्मीर फाइल्स १९ जनवरीमा कश्मीरी हिन्दु नरसंहार दिवसमा पुनः रिलिज हुँदैछ । बलिउडमा एक वर्षमा कुनै फिल्म दुई पटक रिलिज भएको सम्भवत यो नै पहिलो हुनसक्छ’, उनले ट्वीट गरेका छन् ।

फिल्मका अभिनेता अनुपम खेरले पनि रि-रिलिजको पुष्टि गरेका छन् । ‘सायद पहिलोपटक यस्तो हुँदैछ कि कुनै फिल्म एकै वर्षभित्र दोस्रो पटक रिलिज हुन लागेको छ । फिल्म ‘द कश्मीर फाइल्स’ एकपटक पुनः रिलिज हुँदैछ । कश्मीरमा भएको कश्मीरी पण्डितको नरसंहारलाई समर्पण गर्नका लागि फिल्म हेरिदिनुहोला’, अनुपमले ट्वीट गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ८ : १२ बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा