२२ भदौ २०८३, सोमबार | September 7, 2026

फेरि रिलिज हुँदै द कश्मीर फाइल्स



मुम्बई । सन् २०२२ मा सर्वाधिक चर्चा बटुल्न सफल फिल्म ‘द कश्मीर फाइल्स’ पुनः रिलिज हुने भएको छ । फिल्म शुक्रबारबाट रिलिज हुन लागेको हो ।

११ मार्च, २०२२ मा रिलिज यो फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो । व्यापारसँगै फिल्म सन् २०२२ को सर्वाधिक हिट फिल्मको सूचीमा परेको थियो ।

फिल्मका निर्देशक विवेक रन्जन अग्निहोत्रीले ट्वीटर हेण्डलमा फिल्मको रि–रिलिज गर्ने घोषणा गरेका छन् । ‘द कश्मीर फाइल्स १९ जनवरीमा कश्मीरी हिन्दु नरसंहार दिवसमा पुनः रिलिज हुँदैछ । बलिउडमा एक वर्षमा कुनै फिल्म दुई पटक रिलिज भएको सम्भवत यो नै पहिलो हुनसक्छ’, उनले ट्वीट गरेका छन् ।

फिल्मका अभिनेता अनुपम खेरले पनि रि-रिलिजको पुष्टि गरेका छन् । ‘सायद पहिलोपटक यस्तो हुँदैछ कि कुनै फिल्म एकै वर्षभित्र दोस्रो पटक रिलिज हुन लागेको छ । फिल्म ‘द कश्मीर फाइल्स’ एकपटक पुनः रिलिज हुँदैछ । कश्मीरमा भएको कश्मीरी पण्डितको नरसंहारलाई समर्पण गर्नका लागि फिल्म हेरिदिनुहोला’, अनुपमले ट्वीट गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ८ : १२ बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको