५ श्रावण २०८३, मंगलबार | July 21, 2026

‘फ्लोरक्रस’ नभए देवराज सभामुख पक्का



काठमाडौं । प्रतिनिधिसभा सभामुखका लागि सत्तारूढ दल नेकपा एमाले र प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको संसद्कै ठूलो दल नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ ।

सभामुखका लागि एमालेले प्रतिनिधिसभा सदस्य देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा घिमिरे झापाबाट निर्वाचित भएका थिए ।

त्यस्तै, कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ । उनी समानुपातिक सांसद हुन् । घिमिरेको प्रस्तावक एमाले नेता सुवासचन्द्र नेम्वाङ छन् भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका नेता समर्थक छन् ।

कांग्रेसबाट उम्मेदवारी दिएकी न्यौपानेको प्रस्तावक कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थक नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला छन् ।

सभामुख पदमा दुई जनाको उम्मेदवारी परे पनि सांसदको अंकगणितका आधारमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट एमालेतर्फबाट उम्मेदवार बनेका सांसदका पक्षमा सबैको मत आए घिमिरेको पक्षमा बहुमत पुग्ने अवस्था छ ।

ती दलको मत घिमिरेलाई आए २ सय ७५ प्रतिनिधिसभा सदस्यमध्ये घिमिरेको पक्षमा १ सय ४५ भन्दा बढी मत पुग्नेछ । सभामुखमा निर्वाचित हुन साधारण बहुमत अर्थात् १ सय ३८ सांसदको मत आवश्यक पर्छ ।

प्रतिनिधिसभामा नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २० र राप्रपाका १४ सांसद छन् । यी चार दलका सांसद संख्या १ सय ४४ पुग्छ ।

संसद्मा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको जसपा र लोसपाले भने कांग्रेसका उम्मेदवारका पक्षमा मतदान गर्ने निर्णय गरेका छन् । कांग्रेससँग ८८ सांसद छन् ।

प्रतिनिधिसभामा जसपाका १२, नेकपा एकीकृत समाजवादीका १० तथा लोसपाका ४ सांसद छन् । यी सबै गर्दा कांग्रेस उम्मेदवारका पक्षमा ११४ जना देखिएका छन् ।

तर, जसपा र लासपाले घिमिरेका पक्षमा मत दिएमा उनको पक्षमा १ सय ६० मत कट्ने देखिन्छ । स्वतन्त्र सांसद प्रभु साह, अमरेश सिंहलगायतले समेत ‘कसलाई सहयोग गर्छन् ?’ टुंगो छैन । उनीहरूले प्रधानमन्त्रीमा भने पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएका थिए ।

त्यस्तै, जनमत पार्टी ‘मन्त्रालयमा चित्त नबुझेको’ भन्दै सरकारमा गएको छैन । नागरिक उन्मुक्ति पार्टी पनि सरकारसँग खुसी छैन । रेशम चौधरी नछुट्दासम्म सरकारसँग उसले चित्त बुझाउने अवस्था नरहेकाले ती दुवै दलले कांग्रेस उम्मेदवारका पक्षमा मतदान गर्न सक्छन् ।

ती दुई दलका गरी प्रतिनिधिसभामा १० छन् भने उनीहरूले समेत कांग्रेस उम्मेदवारका पक्षमा मत दिए १ सय २४ सांसद पुग्ने छन् । स्वतन्त्रसमेत थप भए न्यौपानेका पक्षमा १ सय २६ मत पुग्छ । सभामुखको चुनाव जित्न १ सय ३८ मत आवश्यक पर्छ ।

सत्ता गठबन्धनमा असहमति नभए र एकढिक्का भए घिमिरेले सभामुखको चुनाव जित्ने देखिन्छ । तर, गठबन्धनका दलमध्ये कुनैले ‘प्mलोरक्रस’ गरेको अवस्थामा परिस्थिति फरक हुन्छ र न्यौपाने सभामुख बन्न सक्ने अवस्था रहन्छ ।

संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यले आफूमध्येबाट एकलाई सभामुख चयन गर्नुपर्छ । हाल प्रतिनिधिसभा अध्यक्षता ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गर्दै आएका छन् ।

प्रतिनिधिसभाले सभामुख चयन नगर्दासम्म ज्येष्ठ सदस्यले नै संसद् सञ्चालन गर्ने संवैधानिक व्यवस्था छ । तर, संसद् सुचारु भएको १५ दिनभित्र नयाँ सभामुख चयन गरिसक्नुपर्छ ।

संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने उल्लेख छ ।

गत १० पुसमा प्रधानमन्त्री नियुक्त प्रचण्डले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिइसकेका छन् । उनलाई प्रतिनिधिसभामा उपस्थित २ सय ७० सदस्यमध्ये २ सय ६८ सदस्यले विश्वासको मत दिएका छन् ।

हाल सत्ता गठबन्धनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सात दल सहभागी छन् भने नेपाली कांग्रेसलेसमेत प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको मत दिएको थियो । तर, कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा रहने बताउँदै आएको छ ।

प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट ८९ सांसद छन् भने १ सांसद निलम्बनमा परेका छन् । हालको सत्ता गठबन्धन बन्दा र प्रचण्ड प्रधानमन्त्री हुँदा प्रतिनिधिसभाको पाँचवर्षे कार्यकालका लागि नेकपा एमाले र माओवादी केन्द्रबीच आधाआधा कार्यकाल सभामुख भागबन्डा गर्ने सहमति भएको बताइन्छ ।

सभामुखका लागि एकभन्दा बढी उम्मेदवारी दर्ता भएकाले क्रमानुसार प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ । त्यसपछि ज्येष्ठ सदस्यले दुवै सभामुखको उम्मेदवारीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

प्रतिनिधिसभाको कुल सदस्य संख्यामध्ये बहुमत ल्याउने उम्मेदवार सभामुख निर्वाचित हुनेछन् । सो व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम ५ मा उल्लेख छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ८ : ३२ बजे

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको