७ चैत्र २०८२, शनिबार | March 21, 2026

सीसीए कलेजले अन्तरकलेज निबन्ध प्रतियोगिता गर्ने, प्रथम हुनेले पाउनेछन् ३०* हजार नगद



काठमाडौं । काठमाडौंको थापागाउँमा रहेको सर्टिफाइड कलेज अफ अकाउण्टेन्सी (सीसीए)ले अन्तर कलेज निबन्ध प्रतियोगिता गर्ने भएको छ ।

प्लस टु लेभल स्तरीय प्रतियोगितामा काठमाडौं उपत्यका भित्रका कलेजहरुले सहभागिता जनाउन सक्ने सीसीएका कार्यकारी निर्देशक मनिस शर्माले बताए।

दुई राउण्डमा हुने कम्पिटिसनमा सहभागी विद्यार्थीले पहिलो राउण्डमा कलेजले उपलब्ध गराएको विषयमा बढिमा एक हजार शब्दको निबन्ध लेखेर कलेजलाई मेल गर्नुपर्नेछ ।

प्राप्त निबन्धहरुमध्ये उत्कृष्ट निबन्ध लेख्ने १० विद्यार्थीलाई निर्णयक मण्डलले दोस्रो राउण्ड अर्थात फाईनल राउण्डमा छनौट गर्नेछन् । दोस्रो राउण्डमा छनौट भएका १० जनाले पुनः सातसय भन्दा कम शब्दको निबन्ध लेख्नुपर्नेछ । यो राउण्डमा राम्रो निबन्ध लेख्ने उत्कष्ट एकजनालाई बिजेता घोषणा गरिने शर्माले बताए ।

प्रतियोगिताको बिजेताले ३० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् भने फष्ट रनर्सअपले १५ हजार र सेकेण्ड रनर्सअपले १० हजार प्राप्त गर्नेछन् । यससँगै प्रतियोगितामा विद्यार्थीहरुले प्लस टु पछि एसीसीए पढ्न चाहेमा २५ हजार छुट पनि प्राप्त गर्न सक्ने सीसीएका एकेडेमिक डाइरेक्टर दिवस शिलवालले जानकारी दिए ।

प्रतियोगितामा सहभागी विद्यार्थीले माघ ६ गतेसम्ममा आफ्नो नाम दर्ता गराईसक्नुपर्नेछ । कम्पिटिसनमा एउटा कलेजबाट बढिमा २ जनाले सहभागिता जनाउन सक्नेछन् ।

* हेडलाइनमा ३० हजार हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाएका छौं

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  २ : ३३ बजे

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका