१२ जेष्ठ २०८३, मंगलबार | May 27, 2026

हवाई सुरक्षालाई सुरक्षित र भरपर्दो बनाउन पर्यटनमन्त्रीको निर्देशन



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएका छन् ।

बबरमहलस्थित क्यानको केन्द्रीय कार्यालय पुगेर क्यानका उच्च अधिकारीसँग छलफल गर्दै मन्त्री किराँतीले हवाई सुरक्षाको क्षेत्रमा प्रगति हुनेगरी काम गर्न आग्रह गरे ।

हवाई सुरक्षामा सुधार गर्दै परिणाममुखी काम गर्न पर्यटनमन्त्रीले निर्देशन दिनुभएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। “हवाई पूर्वाधार विकासमा फड्को मार्नेगरी काम गर्नुस, देशलाई समृद्धिको दिशामा अघि बढाउन निर्माण र सुरक्षाको क्षेत्रमा फड्को मार्नुपर्छ । हवाई सुरक्षा अभिवृद्धिका साथै पूर्वाधार विकासको कामलाई समयमै सम्पन्न गर्नेतर्फ बसैको ध्यान जान जरुरी छ”, मन्त्री किराँतीको भनाइ उद्धृत गर्दै प्रवक्ता निरौलाले भने।

पर्यटनमन्त्री किराँतीले क्यानको सेवा प्रणालीबारे ब्रिफिङ लिएका थिए। क्यान स्थापनादेखि पछिल्ला गतिविधिबारे मन्त्रीलाई क्यानको टोलीले ब्रिफिङ गरेको प्रवक्ता निरौलाले बताए ।

पर्यटनमन्त्री किराँतीले विदेशी नागरिकलाई नेपालको पहिलो झल्को दिने ऐनाको रुपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको सेवासुविधा र पूर्वाधारयुक्त बनाउन पनि निर्देशन दिए।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ७ : ५३ बजे

विशेषको आदेश सर्वोच्चबाट बदर, विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

मनसुनी विपद् : खोज/उद्धारमा एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौँ । नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

निजी क्षेत्रलाई राज्यको प्रमुख आर्थिक साझेदारका रूपमा संवैधानिक मान्यता दिन माग

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

रास्वपा छोडेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेस

एन आई सी एशिया बैंकले गर्यो विद्यालयलाई सहयोग

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक