१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बोक्सी

हाईकु कथा



पीताम्बरलाई समातेको क्षयरोगले । शङ्का बोक्सीको । ज्वरो,खोकी र मुखबाट रगत । चिन्तामा डुबेकी पत्नी बाटुलीले धामीलाई बोलाई ।

कथाकार

बाटुली किंकर्तव्यविमुढ । चिन्तामग्न सन्तेको मनमा कुरा खेल्दा खेल्दा उसको स्मृतिपटलमा अस्पतालमा काम गर्ने गाउँकी विमला नर्सको तस्विर फुर्न थाल्यो । सन्ते आफनो दाइको उपचारको विकल्प खोज्दै त्यही नर्सकाहाँ पुग्यो । भाउजूलाई आश्वासन दिएर ।

कथाकारधामी काम्दै–चामल छर्दै गाउँकी एउटी,गरिब दुःखी महिलालाई सङ्केत गरेर भन्यो,बोक्सिनीले मुटु कलेजो खाइसकेकीछ । त्यसलाई धपाउन कालो बोको, कालो भाले, ध्वजा अक्षता र खरानी चाहिन्छ ।

बाटुलीको परिवारले ऋण गरेर सो अनुसार व्यवस्था गरे । धामीको रीति अनुसार कारबाही सम्पन्न भयो,धामीहरुलाई रक्सी मासुको भण्डारा गराएर । निरर्थक । आज भोलि गर्दागर्दै पाँचदिन व्यतित भयो । बिरामीको अवस्थामा सुधार हुनुको साटो झन झन गम्भीरतातिर बल्झिरह्यो ।

बिदामा घर बसेकी नर्सलाई वृतान्त बताएर आग्रह ग¥यो,सन्तेले । विमलाको मनमा परोपकारिता उम्रियो,फ्लोरेन्स नाइटिंङ्गल सम्झेर । सन्तेको पछि लागेर आइन् र विरामीलाई स्टेस्थेस्कोपले परीक्षण गरी हिस्टी सोधिन् । खोकी लाग्ने,ज्वरो आउने, खोकीसँग रगत आउने …आदि । उनले अन्दाजी निदान गरिन् टी.बी. रोगको । आकस्मिक काम ।

भरिया र डोको व्यवस्था गर्न लाएर काटिएको डोकोमा बिरामीलाई बोकाई तुरुन्त अस्पताल पु¥याइन्,सन्तेको साथमा । डाक्टरले शीघ्र ल्याबटेस्ट गर्न लगाए । टी.बी. रोग नै रहेछ । तत्कालै अस्पताल भर्ना गरी औषधी चलाए । क्रमशः घण्टा,दिन,हप्ता हुँदै महिना पुगेपछि बिरामी पीताम्बर रानाको ज्यान मृत्युको मुखबाट बच्यो । पीताम्बरको मुख उज्यालिदै पूर्व अवस्थातिर आयो । उपचारको कोर्स, ६ महिना ।

: कथाकार गणेश जीसीको प्रकाशोन्मुख हाईकु कथा संग्रहबाट

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १० : ५२ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म