५ पुस २०८२, शनिबार | December 21, 2025

सभामुखको आह्वानमा सर्वदलीय बैठक सम्पन्न



काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठकमा उपसभामुख निर्वाचनको आजको कार्यतालिका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भएको बैठकमा उपसभामुख निर्वाचनसम्बन्धी कार्यसूची तय गर्ने विषयमै केन्द्रित रहेर छलफल भएको नेकपा (एमाले)का सांसद विद्या भट्टराईले जानकारी दिइन ।

भट्टराईले भनिन, “सभामुखको निर्वाचनमा जुन प्रक्रिया र विधि अपनाइएको थियो त्यसलाई अपनाउने भन्ने कुरा भएको छ, कार्यव्यवस्था परामर्श निर्माण गरेर जाने विषयमा पनि छलफल भयो ।” बैठकमा प्रतिनिधिसभा कार्यव्यवस्था निर्माण गरेर जाने विषयमा पनि छलफल भएको उनले बताइन ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान, नेकपा (एमाले)का नेता सुवास नेम्वाङ र नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डे सहभागी थिए । यस्तै, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वाला, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाललगायत उपस्थितथिए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १ : ४३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ