२० मंसिर २०८२, शनिबार | December 6, 2025

सभामुख र उपसभामुख सत्तापक्षबाटै हुनुहुँदैन : बद्री पाण्डे



काठमाडौं । नेपाली कांग्रेसका नेता बद्री पाण्डेले प्रतिपक्षी दलबाट उम्मेदवार बनेकालाई उपसभामुख पदमा निर्वाचित गरिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा कांग्रेसका तर्फबाट उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई प्रस्ताव गर्दै उनले सभामुख र उपसभामुख सत्तापक्षबाटै हुन नहुने बताएका हुन् ।

सत्तापक्षबाट एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित भइसकेका छन् । जसकारण उपसभामुखमा कांग्रेसकी यादवलाई निर्वाचित गरिनुपर्ने पाण्डेको भनाइ छ ।

सत्तापक्षबाट सभामुख भएपछि उपसभामुखमा प्रतिपक्षबाट हुँदा सदनलाई एकताबद्ध बनाएर लैजान सकिने दाबी गर्दै उनले संविधानको भावना पनि पक्ष र प्रतिपक्षबाट सभामुख र उपसभामुख चयन गर्ने रहेको जिकीर गरे ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  २ : ४५ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति