२० बैशाख २०८१, बिहिबार | May 2, 2024

अब राष्ट्रपति उपराष्ट्रपतिको विषयमा छलफल हुन्छ : जनार्दन शर्मा



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अब राष्ट्रपति उपराष्ट्रपतिको विषयमा छलफल सुरु हुने बताएका छन् ।

उपसभामुख निर्वाचन पछि संसदभवनबाट बाहिरिने क्रममा शर्माले संचारकर्मीहरुसँग कुरा गर्दै अब बल्ल राष्ट्रपतिको एजेण्डामा छलफल सुरु हुने बताए ।

शर्माले राष्ट्रपतिको उम्मेदवार पनि यही गठबन्धनबाटै तय हुने बताएका । सभामुख र उपसभामुखको निर्वाचन बल्ल आज सकियो । अब केहिदिन भित्रै राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा दलहरुबीच छलफल सुरु हुन्छ उनले भने, ‘अब राष्ट्रपतिको एजेन्डामा छलफल हुन्छ । सहमति असहमति, उम्मेदवारको छनौट आदि विषयमा छलफल हुन्छ । गठबन्धनको तर्फबाटै उम्मेदवार बन्ने त स्पष्टै छ ।’

शर्माले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गोप्य हुने भएका कारण पार्टीको ह्वीप नलाग्ने भएपनि दलगत अनुशासनका कारण पार्टीले निर्णय गरेअनुसार नै हुने स्पष्ट पारे ।

शर्माले अब गठबन्धन फुटाउने जोड्ने समय सकिइसकेको बताउँदै अब जनताका समस्या समाधानमा लाग्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ५ : ४७ बजे

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई