२० मंसिर २०८२, शनिबार | December 6, 2025

तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालयका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. सन्दुक रुइतले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने क्रममा यससम्बन्धी चासो राखेपछि उनले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । “तिलगङ्गा अस्पताललाई विश्वविद्यालयका रुपमा विकास गर्न अत्यन्तै सकारात्मक छु”, उनले भने, “यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ ।”

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मानवीय सेवाका लागि डा रुइतले हालै मात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाई दिँदै यो सम्मानले नेपालको शिर उच्चो राखेको बताए

“यो अवार्डले देशकै सम्मान बढाएको छ । नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन् भन्ने सन्देश दिएको छ”, उनले भने, “मानवीय सेवाका लागि तपाईँको योगदानको कदर देशकै कदर हो ।” प्रधानमन्त्री प्रचण्डले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे।

भेटका अवसरमा डा रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमूना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागि नेपालमा नै औषधि उत्पादन गर्न सकिने सम्भावनाबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ८ : ०४ बजे

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ