१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

अवतार निर्देशक क्यामरुनको अनौठो ह्याट्रिक



लसएन्जल्स । हलिउड निर्देशक जेम्स क्यामरुन र उनको फिल्म ‘अवतार २’का लागि एउटा सुखद संयोग परेको छ ।

निर्देशक क्यामरुन र उनको फिल्मले बेग्लाबेग्लै इतिहास रचेका छन् । निर्देशक क्यामरुनले आफू यसै हलिउडको महान निर्देशन बनेको होइन भन्ने कुराको प्रमाणित गरिदिएका छन् ।

१३ वर्षको कडा मिहेनत र आफ्नो दूरदर्शीताका साथ ‘अवतार द वे अफ वाटर’लाई पर्दामा प्रस्तुत गर्ने क्यामरुनले विश्वको बक्सअफिसमा दुई बिलियन डलरको कमाई गर्ने फिल्म बनाएर ह्याट्रिक गरेका छन् ।

उनले आफ्नो योग्यताको बलमा विश्वको बक्सअफिसमा दुई बिलियन लडर बढी कमाई गर्ने फिल्मका निर्देशकको अनौठो ह्याट्रिक बनाएका छन् । उनको सन् १९९७ मा रिलिज ब्लकबस्टर फिल्म ‘टाइटानिक’, सन् २००९ मा रिलिज ‘अवतार’ र गत वर्ष रिलिज ‘अवतार २’ तीनै फिल्मले विश्वव्यापी बक्सअफिसमा बम्पर कमाई गर्दै दुई बिलियन डलरको आँकडा पार गरेका छन् । कुनै पनि निर्देशकका लागि यो उपलब्धि आफैंमा ठूलो हो ।

गत १६ डिसेम्बरमा रिलिज ‘अवतारः द वे अफ वाटर’ अहिलेसम्मको सर्वाधिक कमाउने फिल्मको छैटौं स्थानमा छ । ‘अवतार’को पहिलो संस्करण जस्तै दोस्रो संस्करण पनि दुई अर्ब डलर क्लबमा समावेश भएको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १२ : ५२ बजे

रविलाई सिकेको सुझाव – बारा र इलाममा जमानत जफत भयो, विचार गर्नुहोला

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले ८४ मा बहुमतको कुरा

सुदुरपश्चिमका मुख्यमन्त्री सोडारीले वैशाख २१ गते विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सांसद सरस्वती बजिमय

काठमाडौं । वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन्

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

उदयपुर । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र