२२ बैशाख २०८१, शनिबार | May 4, 2024

कैलालीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता माघ तेस्रो सातादेखि



कैलाली । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा यही माघ २१ गतेदेखि विद्यालयस्तरीय यु-१९ टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । ‘लिटल फ्लावर प्रिमियर लिग (एलपीएल-७) सातौँ संस्करणको उक्त प्रतियोगितामा १० विद्यालयको सहभागिता रहने छ ।

सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक टोलीले लिग चरणमा चार-चार खेल खेल्ने छन् । समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । उद्घाटन खेल लोटस आइ अत्तरिया र सत्यवती एकेडेमी अत्तरियाबीच हुनेछ । आगामी फागुन ६ गते फाइन खेल हुने आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले रु दुई लाख ५१ हजार एक सय ११ र उपविजेताले रु एक लाख २५ हजार पाचँ सय २५ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु २० हजार तथा उत्कृष्ट बलर र ब्याटरले रु १०/१० हजार पुरस्कार प्राप्त गर्नेछन् । उदीयमान खेलाडीलाई रु पाँच हजार र प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई रु दुई हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ७ : ४४ बजे

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा