२४ बैशाख २०८१, सोमबार | May 6, 2024

लुम्बिनी प्रदेश सरकारमा कोही राज्य र सहायक मन्त्री हुनेछैनन् : मुख्यमन्त्री गिरी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ७ दिन भित्र प्रदेश मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । खबरकुरासँगको विशेष अन्तर्वार्तामा मुख्यमन्त्री गिरीले संख्याको विषयमा सहमति कायम भइसकेको जनाए । उनले विस्तार हुने मन्त्रिमण्डल ९ सदस्सीय हुने जानकारी दिँदै अवको मन्त्रिपरिषदमा कुनै राज्य र सहायक मन्त्री नराखिने बताए ।

उनले संबिधान मान्छु भनेर सरकारमा र सत्ता गठबन्धनमा सहभागी भएपछि संघीयता मान्दीन भन्न नमिल्ने बताउँदै संबिधान स्विकार गर्नु नै संघीयता मान्छु भनेर कबुलेको बताए । दलका नेताहरुले भ्रष्टाचार नियन्त्रण गर्न आफैबाट शुरु गर्नु पर्ने उल्लेख गर्दै आफैबाट सदाचार र नैतिकता प्रदर्शन गर्न सकेमात्र भ्रष्टाचार नियन्त्रण भएर सुसासन कायम हुने स्पष्ट पारे ।

प्रदेशको राजधानी रहेकै स्थानमा बसेर काम नगर्दा सम्म राजधानी निर्माणले गति लिन नसक्ने उल्लेख गर्दै मुख्यमन्त्री गिरीले राजधानी निर्माणका लागि पनि स्थायी राजधानीबाट कार्यसम्पादन अनिवार्य भएको बताए । देउखुरी उपत्यका प्रदेशका बारै जिल्लाका नागरिकलाई पायक पर्ने क्षेत्र भएको उल्लेख गर्दै उनले सबै जिल्लाबाट बिहान आएर बेलुका घर फर्कन सक्ने स्थानमा राजधानी बनाउने निर्णय गरिएको बताए ।

मुख्यमन्त्रीसँगको अन्तर्वार्ता आज साँझ ७ बजे खबरकुराको फेसबुक पेज, खबरकुराको साइट र खबकुराको फेसबुक मार्फत हुर्न र सुन्न सकिन्छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ३ : ३८ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,