२६ बैशाख २०८१, बुधबार | May 8, 2024

विमान दुर्घटनामा मृतक पत्रकारप्रति सञ्चारमन्त्री शर्माद्वारा श्रद्धाञ्जली व्यक्त



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही माघ १ मा विमान दुर्घटनामा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

प्रेस सेन्टर नेपालद्वारा केन्द्रीय कार्यालय बबरमहलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा दुर्घटनामा परी निधन भएका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीलगायत सबै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

कार्यक्रमा मन्त्री शर्माले पत्रकारद्वय पौडेल र शाहीप्रति श्रद्धाञ्जली अर्पण गरिन् । पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा सेन्टरका उपाध्यक्ष थिए भने शाही पोखरा महानगर समितिका सदस्य थिए ।

कार्यक्रममा बोल्दै मन्त्री शर्माले पत्रकार पौडेल सबैको प्रिय र सार्वजनिक व्यक्तित्व भएकाले उनको सकारात्मक पक्षलाई अनुकरण गर्नुपर्नेमा जोड दिइन् । उनले वर्तमान सरकार सञ्चार जगत र सञ्चारकर्मीको हितका खातिर लागिपरेको उल्लेख गरिन् ।

मन्त्री शर्माले प्रचण्ड नेतृत्वको वर्तमान सरकार सञ्चारकर्मी, पत्रकारसँग मिलेर काम गर्न र यस क्षेत्रको समस्या समाधानका लागि दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा र महासचिव सन्तोष पौडेलले पत्रकारद्वयको व्यक्तिको बारेमा चर्चा गरेका थिए ।

सेन्टरले ‘त्रिभुवन स्मृति कोष’ स्थापना गरेको जानकारी दिएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ७१ जनाको मृत्यु भएको थियो भने एक जनाको अवस्था अझै अज्ञात छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  २ : १९ बजे

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक

सरकारी खर्चको प्रभावकारिता बढाउन सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना

काठमाडौं । सरकारी खर्चको प्रभावकारिता बढाउन पाँच वर्षे कार्ययोजना कार्यान्वयनमा

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकका सम्बन्धमा सुझाव सङ्कलन गर्न उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सार्वजनिक