२१ मंसिर २०८२, आइतबार | December 7, 2025

माघको अन्तिम साता नेशनल प्याब्सन खेल महोत्सव हुने



बुटवल । निजि तथा आवासिय बिद्यालय एशोसियशन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले माघको अन्तिम साता खेलकुद महोत्सव गर्ने भएको छ ।

नेशनल प्याब्सन अन्तरगतका बिद्यालयका बिद्यार्थीको अन्तरनिहित खेलप्रतिभालाई बाहिर निकाल्न माघको माघ २८ र २९ गते नवौँ नेशनल प्याब्सन खेलकुद महोत्सव २०७९ गर्ने भएको हो ।

नेशनल प्याब्सन रुपन्देहीको वार्षिक कार्यक्रम अन्तर्गत जिल्ला भित्रका नेशनल प्याब्सनमा आवद्ध विद्यालयका विद्यार्थीहरुको शारीरिक, बौद्धिक तथा सृजनात्मक क्षमतालाई अभिबृद्धि गर्ने कार्यतालिका अनुसार खेलकुद महोत्सव गर्न लागिएको नेशनल प्याब्सनका अध्यक्ष पुरुषोत्तम बस्यालले जानकारी दिए । उनले विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा महत्वपूर्ण भूमिका खेल्ने खेलकुदको माध्यमबाट विद्यालय तथा विद्यार्थीहरुबिच आत्मियता र मेलमिलापको भावना जागृत गराउने तथा खेलमा रुची राख्ने विद्यार्थीहरु प्रोत्साहित गर्न हरेक वर्ष खेल महोत्सवको रुपमा मनाउँदै आइरहेको अध्यक्ष बस्यालले बताए ।

विगत केही वर्षदेखि कोभिड १९ को कारण खेलकुद कार्यक्रम नियमित हुन नसकेको र यस वर्षदेखि पुनः खेलकुद कार्यक्रमलाई निरन्तरता दिन गइरहेको समेत उनले जानकारी गराए । माघ २८ र २९ गते दुई दिनमा खेलकुद कार्यक्रम सम्पन्न गर्न नेशनल प्याब्सनका सहसचिव बिनोद थापा मगरलाई कार्यक्रम सम्योजकको जिम्मेवारी दिईएको सचिव बाबुराम बन्जाडेले जानकारी दिए ।

नवौँ खेलकुद महोत्सवमा सव जुनियर, जुनियर, सिनियर गरि तीन समूहमा विद्यार्थीहरुलाई विभाजन गरि एथलेटिक्सका विभिन्न खेलहरु र टेबल टेनिस लगायतका खेल सञ्चालन गरिने कार्यक्रम सम्योजक बिनोद थापा मगरले जानकारी दिए । खेलकुद कार्यक्रममा सबै समूहतर्फ गरि १२०० भन्दा बढी विद्यार्थीहरु प्रतियोगिको रुपमा सहभागिता रहने संयोजक थापाले बताए ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ६ : ४४ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब