१२ असार २०८३, शुक्रबार | June 26, 2026

आलुखेती गर्ने किसानलाई तालिम


१७ माघ २०७९, मंगलबार  

312
Shares

रुकुमपूर्व । रुकुमपूर्वमा व्यावसायिकरूपमा आलुखेती गरिरहेका किसान तालिम पाएपछि औधी खुसी भएका छन् । यस जिल्लामा मकै र गहुँपछिको प्रमुख बालीका रूपमा रहेको आलुखेती रहेको छ । यसलाई थप प्रवद्र्धन एवं व्यवस्थित गर्नका लागि किसानलाई तालिम प्रदान गरिएको हो ।

अहिलेसम्म परम्परागतरूपमा हुँदै आएको आलुखेतीलाई आधुनिकीकरण, यान्त्रिकीकरण गर्दै बजार व्यवस्थापनसम्मको कुरालाई तालिममा किसानलाई सिकाइएको जनाइएको छ । तालिम प्राप्त गरेपछि आफूलाई निकै खुसी लागेको किसान राजकुमार सुनारले बताए ।

“पुथा उत्तरगङ्गाको ६ नं वडा मयाङमा मैले आफैँ धेरै मात्रामा आलु उत्पादन गर्दै आएको छु र अन्य त्यहाँका थुपै्र किसानले आलु उत्पादन गर्छन”, पुथा उत्तरगङ्गा गाउँकार्यपालिका सदस्यसमेत रहेका उनले भने, “हामीले पुरानै तरिकाबाट खेतीपाती गर्दै आएका थियौँ । यसले गर्दा समयको खर्च, जति उत्पादन हुनुपर्ने हो त्यति उत्पादन नहुनु, बीउ छनोट, मल, रोग कीराको व्यवस्थापनमा निकै समस्या हुँदै आएको थियो ।” आलुखेती प्रविधिसम्बन्धीको तालिम प्राप्त गरेपछि अहिले आफूलाई जग्गा छनोटदेखि लिएर हावापानीअनुसारको बीउ छनोट, खाने आलु र बीउ आलुको भण्डारण र बजारीकरणसम्मको योजना बनाउने कुरा थाहा भएको उनको भनाइ छ ।

यस्तै पुथा उत्तरगङ्गाकै अर्का किसान देविका सुनारले पनि आलुखेती प्रविधि तथा ‘चिप्स’ उत्पादनसम्बन्धीको तालिम लिए । तालिमपछि बिनाज्ञान र सीपको खेतीले राम्रो प्रतिफल नदिनेरहेछ भन्ने कुरा बुझेको बताए । अब भने तालिममा सहभागी भएर आलुखेतीका बारेमा प्रष्ट भएको र सोहीअनुरुप आलुखेतीलाई बढवा दिने उनले उल्लेख गरे । यस्तै तालिममा सहभागी रुकुमपूर्वको तीनवटै गाउँपालिकाका किसानले आफूहरूको मुख्य बालीका रूपमा रहेको आलुखेतीलाई आगामी दिनमा व्यवस्थितरूपमा अगाडि बढाउने र त्यसैबाट आर्थिक समृद्धिको बाटो खोज्ने बताएका छन् ।

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुमपूर्वले जिल्लाका तीनवटै गाउँपालिकामा व्यावसायिक आलुखेती गरिरहेका किसान र बर्खे आलु पकेट कार्यक्रमका लागि छनोट भएका किसानका लागि रुकुमकोटमा तीनदिने तालिमको आयोजना गरेको थियो । यही माघको १४ गतेबाट सुरु भएको तालिम १६ गतेसम्म चलेको थियो । तालिममा तीनवटै पालिकाका २८ किसानको सहभागिता रहेको तालिमका संयोजक एवं एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले बताए । तालिमको सहजीकरण आलु बालीविज्ञ श्यामप्रसाद ढकालले गरेका थिए ।

तालिमको सोमबार एक औपचारिक कार्यक्रमसाथ समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले परम्परागतरूपमा आलुखेती गर्दै आएका किसानलाई यान्त्रिकीकरण र आधुनिक खेतीतर्फ उन्मुख गर्न सहयोग पुग्ने बताएका छन । तालिममा सिकेको सीपलाई भरपूररूपमा प्रयोग गरी आलुखेतीलाई व्यवस्थित गर्न र यसबाट आर्थिक अवस्था सवल बनाउनतर्फ जोड दिन किसानलाई उनले आग्रह गरेका छन । साथै आलुको बजारीकरण गर्न समन्वय प्रमुखको हैसियतले तीनवटै पालिकासँग समन्वय र सहकार्य गरेर योजना निर्माणमा सहजीकरण गर्ने प्रतिबद्धता प्रमुख श्रेष्ठले जनाएका छन ।

प्रशस्त मात्रामा रुकुमपूर्वमा आलु उत्पादन हुने गरे पनि आलु लगाउने बेलामा यस जिल्लामा बीउ अभाव हुने गर्छ । यो समस्या अन्त्यका लागि पनि कार्यालयले आलु बीउ उत्पादनलाई पनि जोड दिएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताए । यस्तै आलुको चिप्स उत्पादनका लागि पनि उपयुक्त आलुखेतीको परीक्षण गरिने भएको छ । बर्खे आलु पकेट कार्यक्रमका लागि छनोट भएका किसानलाई चिप्स बनाउन उपयुक्त हुने बीउ लगाउन लगाएर परीक्षण गरिने र परीक्षण सफल भएमा उत्पादनलाई बढवा दिइने उनको भनाइ छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ८ : ११ बजे

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको