२६ बैशाख २०८१, बुधबार | May 8, 2024

ज्ञापनपत्र बुझाउँदै माधव नेपालले प्रचण्डलाई भने – बाँच्न धौ धौ भयो, महंगी नियन्त्रण गर्नुस



काठमाडौं । नेकपा एकीकृत समाजवादीले महंगी नियन्त्रण गर्न माग गर्दैै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् । उनको ज्ञापनपत्रमा महंगी बढेर जनतालाई बाँच्न धौ धौ भैरहेको उल्लेख गरिएको छ ।

देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेको भन्दै ज्ञापनपत्रमा मजदुर, किसान र सर्वसाधारण जनताले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेको जनाइएको छ ।

महंगी बढ्दै जाँदा जनतामा चरम निराशा फैलिएको र राजनीतिप्रति नै वितृष्णा देखिएको एकीकृत समाजवादीको ठहर छ । ज्ञापनपत्रमा लेखिएको छ, ‘देशको आर्थिक संकट समाधानका लागि आवश्यक व्यवस्था गरोस् ।’

एकीकृत समाजवादीले देशको अर्थतन्त्रमा सुधार ल्याउन तत्काल अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन आग्रह समेत गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूको बचत तथा ऋण नीतिमा तत्काल सुधार गर्न पनि एकीकृत समाजवादीले माग गरेको छ ।

एकीकृत समाजवादी प्रचण्ड सरकारलाई विश्वासको मत दिएपनि प्रतिपक्षमा बसिरहेको छ । ज्ञापनपज्ञ बुझाउन अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनालसहितका नेताहरु पुगेका थिए ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १० : १० बजे

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक

सरकारी खर्चको प्रभावकारिता बढाउन सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना

काठमाडौं । सरकारी खर्चको प्रभावकारिता बढाउन पाँच वर्षे कार्ययोजना कार्यान्वयनमा

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकका सम्बन्धमा सुझाव सङ्कलन गर्न उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सार्वजनिक

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग

विराटनगर । कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र