४ पुस २०८२, शुक्रबार | December 19, 2025

यस्ता छन् क्रिकेट सङ्घका निर्णय



पोखरा । नेपाल क्रिकेट सङ्घ (क्यान)को पोखरामा बसेको बोर्ड बैठकले सङ्घको विशेष साधारणसभा आउँदो जेठ मसान्तभित्र आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ ।

आज पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्दै सङ्घले सोको जानकारी गराएको हो । बोर्डले यु–१९ राष्ट्रिय क्रिकेट टिमको कप्तानमा गुल्सनकुमार झालाई मनोनयन गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

बैठकले पूर्वप्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीको संयोजकत्वमा सङ्घका एन्टी करप्सन अफिसर रितेश सिंह र एक सदस्य पछि थप्ने गरी तीन सदस्यीय ‘क्यान इन्टिग्रिटी कमिटी’ गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

यस्तै सङ्घको वार्षिक साधारणसभा आउँदो फागुन १४ र १५ गते सुर्खेतमा गर्ने निर्णय गरिएको छ । बैठकले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्वन पmुकुवा गर्ने निर्णय गरेको छ । अनुशासन उल्लङ्घनको कारबाहीमा परी लामिछाने निलम्वनमा परेका थिए ।

यस्तै छ महिनाका लागि १८ जना पुरुष र १२ जना महिला खेलाडीलाई केन्द्रीय करारमा राखिने भएको छ । जसमा पुरुषतर्फ ग्रेड ‘ए’मा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख ग्रडे ‘बी’ मा आरिफ शेख, कुशल भूर्तेल र ज्ञानेन्द्र मल्ल रहेका छन् ।

ग्रेड ‘सी’ मा कमलसिँह ऐरी, विनोद भण्डारी, गुल्शनकुमार झा, अर्जुन साउँद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव रहेका छन् ।

महिलातर्फ ग्रेड ‘ए’ मा रुविना क्षत्री, सीता रानामगर, इन्दु बर्मा, ग्रेड ‘बी’मा काजोल श्रेष्ठ, कविता कँुवर, अस्मिना कर्माचार्य, ग्रेड ‘सी’मा कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम रहेका छन् ।

नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’ कार्यमा संलग्न खेलाडी र व्यक्तिमाथि आइसिसी र क्यानको ‘कोड अफ कण्डक्ट’ बमोजिम कारबाही अघि बढाइने सङ्घले जनाएको छ । नेपाल टी–२० प्रतियोगिता सम्पन्न भइसकेकाले ‘गर्भनिङ काउन्सिल’लाई विघटन गरिएको सङ्घले जनाएको छ ।

सङ्घले कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जिम्मेवारी त्यागेकाले कार्यसमिति सदस्य दुर्गाराज पाठकलाई कार्यवाहक सचिवको जिम्मा दिएको छ । बागलुङ र पर्वत जिल्ला क्रिकेट सङ्घ तदर्थ समितिलाई मान्यता दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ९ : ४६ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ