१४ बैशाख २०८३, सोमबार | April 28, 2026

पीएसजीको सहज जित



काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले मोन्टपेलिरलाई ३-१ गोल अन्तरले हराएको हो ।

पीएसजीको जितमा फाबिना रुज, लियोनल मेस्सी र वारेन जाइर-मेरीले एक-एक गोल गरे । उता मोन्टपेलिरका लागि अर्नाउड नोर्दीनले एक गोल फर्काए ।

पहिलो हाफ गोल रहित बराबरी खेलेको पीएसजीले तीन वटै गोल दोस्रो हाफमा गरेको हो । खेलको ५५ औं मिनेटमा रुइजले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । खेलको ७२ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

खेलको ८९ औं मिनेटमा मोन्टपेलिरका लागि नोर्दिनले गोल गर्दै टिमलाई २-१ गोलको अवस्थामा ल्याए । खेलको इन्जुरी समयमा वारेनले गोल गर्दै टिमलाई ३-१ गोलको जित दिलाए ।

जितसँगै पीएसजीले लिग वानमा २१ खेल खेल्दै ५१ अंक जोडेको छ । पीएसजी अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित मोन्टपेलिर २० अंक जोडेर तालिकाको १४औं स्थानमा छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ८ : २९ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११