५ भदौ २०८३, शुक्रबार | August 21, 2026

भौतिक पूर्वाधार र यातायात सुधारका लागि कार्यदल गठन



काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा रहेका तमाम समस्या समाधानका लागि एक उच्चस्तरीय कार्यदल गठन गरेको छ ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज मन्त्रिस्तरीय निर्णयमार्फत सो कार्यदल गठन गरेका हुन्। कार्यदलको संयोजकमा प्राडा. राजेन्द्रप्रसाद अधिकारी हुन् । कार्यदल छ सदस्यीय छ ।

कार्यदलमा पूर्वसचिव पूर्णचन्द्र भट्टराई, रामकृष्ण सापकोटा, हरि बस्याल तथा विषयविज्ञका रूपमा डा लीना गुरुङ सदस्य छन्। कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर इञ्जीनियर अर्जुनप्रसाद अर्याल सदस्यसचिव छन् ।

कार्यदललाई मन्त्रालयको कार्य जिम्मेवारीभित्रका सडक पूर्वाधार, सडक पुल, रेलवे सेवा, यातायात क्षेत्र व्यवस्थापन तथा इञ्जीनियरिङ सेवा व्यवस्थापन (इञ्जीनियरिङ काउन्सिल)समेतको कार्यविधिमा रही सुझाव प्रतिवेदन पेस गर्न भनिएको छ । कार्यदलको अवधि एक महिनाको छ ।

सेवा प्रवाहलाई चुस्तदुरुस्त, सेवाग्राहीमैत्री, प्रभावकारी, सुशासनमैत्री तथा अनियमितता, भ्रष्टाचार, चुहावट, मिलेमतो अन्त्यका लागि शून्य सहनशील हुन अवलम्बन गर्नुपर्ने नीतिगत, कार्यप्रक्रियागत र संस्थागत सुधारका विषय प्रस्तुत गर्ने म्याण्डेट कार्यदललाई दिइएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ५ : ५६ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको