६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

१८ वर्षपछि बक्सअफिसमा भिड्दै रजनीकान्त र कमल हासन



मुम्बई । तमिल सिनेमा सन् २०२३ मा रजनीकान्तको ‘जेलर’ र कमल हासनको ‘इण्डियन २’को मेगा रिलिजको साक्षी बन्दैछ । फ्यानहरु यी दुई बहुप्रतिक्षित फिल्मको पखाईमा छन् । रोचक कुरा के छ भने दुवै तमिल मेगास्टारहरु आ-आफ्नो फिल्मलाई एकै मितिमा रिलिज गर्दैछन् ।

दुवै फिल्म नोभेम्बर १० मा रिलिज हुँदैछ । रजनीकान्त र कमल १८ वर्षपछि एकसाथ बक्स अफिसमा भिड्दैछन् । उनीहरुको फिल्म ‘चन्द्रमुखी’ र ‘मुम्बई एक्सप्रेस’ सन् २००५ मा बक्स अफिसमा प्रतिष्पर्धी थियो । ‘चन्द्रमुखी’मा रजनीकान्त र ‘मुम्बई एक्सप्रेस’मा कमलको अभिनय थियो ।

कमलको ‘इण्डियन २’ राजनीतिक एक्सन थ्रिलर फिल्म हो । यो फिल्म सन् १९९६ मा रिलिज हिट फिल्म ‘इण्डियन’को सिक्वेल हो । फिल्ममा कमलले वृद्ध भिजिलान्तेको भूमिकामा अभिनय गर्दैछन् । जसले सेनापतिको चरित्रलाई पुनर्ताजगी गर्नेछ । यो फिल्म झण्डै २६ वर्षपछि सिक्वेलका रुपमा दर्शकमाझ आएको हो । ‘इण्डियन २’मा कमलसँगै काजल अग्रवाल, रकुल प्रित सिंह, सिद्धार्थ र बोबी सिम्हा प्रमुख भूमिकामा छन् । फिल्मका निर्देशक एस शंकर हुन् ।

नेल्सन दिलिपकुमार निर्देशित ‘जेलर’ एक्सन कमेडी फिल्म हो । फिल्ममा रजनीकान्तसँगै राम्या कृष्णनन, शिव राजकुमार, थमन्ना भाटिया, योगी बाबुको अभिनय छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ७ : ५६ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का