१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

स्वार्थसमूहको प्रभावले थलिँदै राजस्व अनुसन्धान विभाग



काठमाडौं । राजस्व चुहावट र छलीको अनुसन्धान गर्ने प्रमुख भूमिकामा रहने राजस्व अनुसन्धान विभाग नै अस्थिर बन्दा राजस्व छली नियन्त्रण प्रभावकारी हुन सकेको छैन ।

त्यसमा पनि सो विभागमाथि एकातिर राजनीतिक हस्तक्षेप हुने र अर्कोतर्फ विभिन्न व्यापारिक समूहको स्वार्थका कारण राजस्व छली हुने क्रम घटनुको साटो बढेको बताइएको छ । व्यापारिक समूहको स्वार्थ र उनीहरूको राजनीतिक नेतृत्वसँगको अपवित्र सम्बन्धका कारण पनि राजस्व अनुसन्धान विभागमा हस्तक्षेप बढेको बताइन्छ ।

जसका कारण विभागको नेतृत्वले प्रभावकारी रूपमा काम गर्न सकेको देखिँदैन । जसका कारण राजस्व छली गर्नेहरूको मनोबल बढेर जान सक्ने खतरा देखिएको छ । राजस्व छलीको मनोबल बढ्ने अवस्था आउनु देशकै लागि ठूलो अपराध भएको सरोकारवालाले बताएका छन् ।

मुलुकको राजस्व चुहावट नियन्त्रणमा प्रमुख भूमिका रहने राजस्व अनुसन्धान विभागमा दुई वर्षमा मात्रै ६ जना महानिर्देशक फेरिएका छन् । साढे तीन महिनाअघि मात्रै विभागको महानिर्देशकका रूपमा पठाइएका सहसचिव मदन दाहाललाई हटाएर अहिले सरकारले अर्का सहसचिव नारायण सापकोटालाई विभागको महानिर्देशक बनाएको छ ।

दुई वर्षको अवधिमा विभागमा दीर्घराज मैनाली, रामप्रसाद आचार्य, प्रकाश पौडेल, झलकराम अधिकारी र मदन दाहालले महानिर्देशकका रूपमा काम गरेका थिए । यीमध्ये अधिकारी र दाहालले निकै छोटो समय मात्रै महानिर्देशकका रूपमा काम गरे । जसमा अधिकारीले साढे चार महिना र दाहालले साढे तीन महिना मात्रै काम गरे ।

‘विभागमा तीन-चार महिना त बुझ्न नै लाग्छ, यदि केही परिणामा देखाउने हो भने कम्तीमा एक वर्ष काम गर्न दिनुपर्छ,’ विभागमा रहेर काम गरिसकेकेका एक पूर्वमहानिर्देशकले राजधानीसँग भने । दुई वर्षको बीचमा फेरबदल हुने प्रायः कोही पनि महानिर्देशकले एक वर्ष विभागमा बसेर काम गर्न पाएका छैनन् । त्यसैले पनि विभागले प्रभावकारी काम गरेर नतिजा देखाउन सकेको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हचुवाकै आधारमा महानिर्देशकको फेरबदल गर्ने गरेको कार्यालयका अधिकारीको गुनासो छ । ‘त्यति संवेदनशील क्षेत्रमा पनि हचुवामै महानिर्देशक पठाउनु र छोटो समयमा नै फिर्ता बोलाउनु गलत हो, यसले राजस्व छलीकर्तालाई थप प्रश्रय दिन्छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले राजधानीसँग भने ।

राजस्व चुहावट तथा छली गर्ने र त्यस्तो हुन सक्ने सम्भावना रहेका क्षेत्रमा छापा मारेर अनुसन्धान तथा कारबाही गर्ने एवं मुद्दा चलाउने अधिकार विभागलाई छ । राजस्व अनुसन्धान विभाग सबैभन्दा अस्थिर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पालामा भएको थियो ।

देउवाले डेढ वर्षमा चार जना महानिर्देशक फेरेर विभागलाई चरम अस्थिर बनाएका थिए । स्रोतका अनुसार देउवाले विभिन्न व्यापारिक स्वार्थसमूहसँग मिलिमतो गरी उनीहरूकै रुचिअनुसार महानिर्देशक लैजाने गरेका थिए । जसका कारण राजस्व छलीका महत्वपूर्ण फाइल पनि अघि बढ्न सकेका थिएनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएको एक महिना १० दिनमा महानिर्देशक फेरेर विभागलाई झनै अस्थिर बनाएका छन् । महानिर्देशक दाहालले नेपाल इन्भेस्टमेन्ट बैंकले करिब ५ अर्ब राजस्व छलेको मुद्दामा प्रतिवादी बनाइएका १२ जना व्यवसायीसँग बयान लिइरहेका थिए । दाहालको सरुवासँगै सो बयान रोकिन सक्ने आशंका गरिएको छ ।

पछिल्लो समयमा राजस्व चुहावट र छली गर्नेले विभिन्न उपाय अपनाउँदै आएका छन् । त्यस्तो उपायलाई निस्तेज पार्न सरकारले वैज्ञानिक अनुसन्धान पद्धति लागू गर्न सकेको छैन । त्यसविपरीत उल्टै विभागको नेतृत्वमा हस्तक्षेप हुँदा विभाग दिनानुदिन थलिँदै जान थालेको पाइएको छ ।

राजस्व चुहावट गर्नेले न्यून विजकीकरण गर्ने, झुटा अनुमतिपत्रबाट निकासी पैठारी गर्ने, वस्तुको गलत घोषणा गर्ने, ठाडो तस्करी गरी राजस्व चुहावट तथा छली गर्ने गरेका छन् । यसैगरी राजस्व छली गर्दा अधिक जिविकरण, काजजात नक्कली बनाएर, नक्कली वस्तु आयात निर्यातबाट, करमुक्त वस्तु बजारमा बेचेर तथा बिलबिना नै बिक्री वितरण गरेर राजस्व छली हुने क्रम बढिरहेको बताइन्छ ।

यसरी भइरहेको छ राजस्व छली

– न्यून विजकीकरण

– झुटा अनुमतिपत्रबाट निकासी पैठारी

– वस्तुको गलत घोषणा

– ठाडो तस्करी

– अधिक जिविकरण

– कागजात नक्कली बनाएर

– नक्कली वस्तु आयात निर्यातबाट

– करमुक्त वस्तु बजारमा बेचेर

– बिलबिना नै सामान बिक्री गरेर

आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ७ : ५९ बजे

बेलहियामा गोदाम बनाएर रुपन्देहीमा लागु औषध सप्लाई गर्ने महिला पक्राउ

बुटवल । रुपन्देही प्रहरीले रुपन्देहीको भैरहवामा लागु औषध सप्लाई गर्ने

कांग्रेसले नीति तथा कार्यक्रम अवरोध नगर्ने

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति

पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान

टीकापुर । कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च

कैलालीमा एम्बुलेन्स दुर्घटना, भारतबाट उपचार गरेर फकिँदै गरेकी युवतीको निधन

धनगढी । कैलालीमा एम्बुलेन्स दुर्घटनामा परी एक युवतीको निधन भएको