४ पुस २०८२, शुक्रबार | December 19, 2025

टर्की भूकम्पप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहान टर्कीमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे दक्षिणी टर्कीलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो । पछिल्लो विवरणअनुसुार उक्त भूकम्पमा परेर २ सय भन्दा बढी मानिसको ज्यान गएको छ ।

सो घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरेका हुन् । सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डले टर्कीमा गएको विनासकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुख व्यक्त गरेका हुन् । साथै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गरेका छन् ।

‘टर्कीमा आएको विनासकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुख व्यक्त गर्दछु। मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले फेसबुकमा लेखेका छन् ।

सो भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति गरेको छ । लगातार पराकम्प आइरहेकाले उद्धारमा समस्या भएको छ भने मृतकको संख्या बढ्ने अनुमान उद्धारकर्मीहरुले बताएका छन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  २ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको