२ मंसिर २०८३, बुधबार | November 18, 2026

एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज इलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न ४:३० बजे सुरु हुनेछ । दुवै टोली दोस्रो क्वालिफायरमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रनेछन् ।

आजको खेलको विजेताले पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्ससँग फाइनल प्रवेशका लागि बिहीबार प्रतिस्पर्धा गर्नेछ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ ।

दोस्रो क्वालिफायर जित्ने टोलीले उपाधिका लागि शनिबार फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

इलिमिनेटरमा पुगेका दुई टोलीमध्ये काठमाडौं गोर्खाज लिग चरणको अंकतालिकामा तेस्रो स्थानमा छ भने चितवन राइनोज चौथो स्थानमा रहेको छ ।

काठमाडौंले लिग चरणका सात खेलमध्ये चारमा जित र तीनमा हार बेहोर्दै आठ अंक जोडेको थियो । त्यसैका आधारमा टोली तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो ।

चितवनले भने सात खेलमध्ये तीनमा जित र तीनमा हार बेहोरेको थियो । एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको चितवनले सात अंक जोड्दै चौथो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको हो ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ८ : ०१ बजे

Your email address will not be published.

एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज इलिमिनेटरमा काठमाडौं

हुलाकी सडकले फेरिँदै दुर्गम गाउँको मुहार

बाँके । हुलाकी सडक निर्माणसँगै बाँकेका दुर्गम गाउँको आवागमन सहज

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

अन्ताल्या । नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम

पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी तथा हिमाली क्षेत्रमा बदली र हिमपातको सम्भावना

काठमाडौं । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

पोखरा । कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण