७ आश्विन २०८३, बुधबार | September 23, 2026

उर्लाबारीमा खानेपानी योजना विस्तार गरिँदै



उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा खानेपानी योजना विस्तार गरिँदै छ । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले रु ३९ करोडको लागतमा उक्त योजना अगाडि बढाएको हो ।

सबै नागरिकसमक्ष शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यका साथ उर्लाबारी-८ र ९ मा बृहत् सहलगानी योजनाअन्तर्गत खानेपानी योजना विस्तार थालिएको खानेपानी संस्थानका अध्यक्ष चिन्तामणि पौडेलले बताए । उनी भन्छन, “उर्लाबारीमा खानेपानीको माग बढ्दो छ, मागलाई ध्यानमा राख्दै हाल ८ र ९ वडामा योजना विस्तार गरिरहेका छौँ, आगामी आर्थिक वर्षमा वडा नं २ मा ट्याङ्की निर्माण गर्छौं ।” सन् २०२७ सम्ममा उर्लाबारीका सबै वडामा खानेपानी विस्तार गर्ने लक्ष्य रहेको उनले बताए ।

उर्लाबारी खानेपानी संस्थानले हाल वडा नं १, ३, ४, ५, ६ र ७ का साथै दमक-१० का केही भागमा खानेपानी वितरण गर्दै आएको छ । हाल उर्लाबारी ८ र ९ मा पाइप बिच्छ्याउने काम भइरहेको संस्थाले जनाएको छ । योजना विस्तारपछि वडा नं ८ र ९ का गरी २० हजारभन्दा बढी उपभोक्ता लाभान्वित हुनेछन् । विसं २०५२ मा उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खानेपानी योजना अघि बढाएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ८ : २२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज