२२ फाल्गुन २०८२, शुक्रबार | March 7, 2026

कोरोना भाइरसका ३३१ संक्रमित थपिए, संक्रमितको संख्या ८६०५ पुग्यो



काठमाडौं । कोरोना भाइरसका संक्रमित पछिल्लो २४ घण्टामा ३३१ जना थपिएका छन् । जसमध्ये ४९ महिला र २८२ जना पुरुष रहेका छन् ।

प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ८ जना संक्रमित थपिएका छन् भने धरानस्थित वीपी कोइराला स्वासथ्इ विज्ञान प्रतिष्ठानमा झापा र सुनसरीका ३ जना संक्रमित थपिएका छन् । यसैगरी प्रदेशिक जनस्वास्थ्य कार्यालय जनकपुरमा महोत्तरी र सर्लालीका २७ जना संक्रमित थपिएका छन्।
राष्ट्रिय जनस्वास्थ्य कार्यालय टेकुमा गरिएको परीक्षणमा, बारा, बागलुङ, बैतडी, गुल्मी, डडेलधुरा, डोटी, कैलाली, काठमाडौं, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा रामेछाप, रौतहट, रुपन्देही, सर्लाहीका १५७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

यस्तै, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुको प्रयोगशालामा धादिङ, पाल्पा र भक्तपुरका ३१ जनामा कोरोना देखिएको छ ।

भरतपुर अस्पतालमा नवलपरासी पूर्व र स्याङजाका ५ जनामा संक्रमण देखिएको छ भने हेटौंडामा गरिएको परीक्षणमा रौतहटका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, त्रिवि शिक्षण अस्पताल महाराजगन्जको प्रयोगशालामा कैलालीका २ जना, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बागलुङका ६ जना, पोखराकै क्षयरोग केन्द्रको प्रयोगशालामा नवलपरासी र तनहुँका ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, भेरी अस्पतालको प्रयोगशालाबाट बाँके र बर्दियाका २१ जनामा, रुपन्देहीस्थित प्रयोगशालामा गरिएको परीक्षणबाट पाल्पाका १६ जनामा संक्रमण देखिएको छ । यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पश्चिम रुकुम र दाङका १३ जनामा संक्रमण देखिएको छ ।

यससँगै हालसम्म ७४ जिल्लामा ७५६ महिला र ७८४९ पुरुषसहित ८ हजार ६०५ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ४ : २८ बजे

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन आठ हजार मतान्तरले अगाडी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार

काठमाडौ १० मा रास्वपाका विष्ट विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १०

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओली धेरै पछि

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

कालिकोट । प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का

नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु : संयोजक प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट