५ श्रावण २०८३, मंगलबार | July 21, 2026

भर्चुअल माध्यमबाट आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं । स्थायी कमिटी बैठकले २२ सदस्सीय पदाधिकारीको टुंगो लगाएलगत्तै नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज साँझ ५ बजे हुने भएको छ ।

भर्चुअल माध्यमवाट हुने सो केन्द्रिय समिति बैठकका लागि केन्द्रिय सदस्यहरुलाई जुम आइडी दिईएको छ । बैठकको सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्ने कार्यक्रम रहेको माओवादीका एक नेताले बताए ।

उक्त बैठकमा पदाधिकारी चयन गरेको तथा स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रिय बिभागको बिभागीय जिम्मेवारी तोकेको घोषणा गर्ने कार्यसुची रहेको बुझिएको छ।

गत बुधवार बसेको स्थायी कमिटी बैठकले पार्टी महाधिवेसन सम्पन्न भएको एक बर्ष पछि केन्द्रिय समितिलाई पुर्णता दिएको थियो । जसअनुसार २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समिति चयन भएका छन् । बैठकले पूर्वसभामुख अग्नि सापकोटा र पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीतसमेत गरेको थियो ।

यस्तै बैठकले २०२ सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि मनोनयन गरेको छ । केन्द्रिय समितिले पुर्णता पाएसँगै आजै केन्द्रिय समिति बैठक पनि आब्हान गरिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १० : २३ बजे

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र